सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा पहिरोको कारण एक परिवार बिस्थापित, ७ घर जोखिममा

बैतडीमा पहिरोको कारण एक परिवार बिस्थापित भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिमको खोली भन्ने स्थानमा पहिरो जाँदा एक परिवार बिस्थापित हो ।

निरन्तरको बर्षासंगै आईतवार बिहान घर माथीबाट पहिरो खस्दा स्थानिय मदन जोशीको परिवार बिस्थापित भएको स्थानिय शान्ति प्रसाद जोशीले जानकारी दिनुभयो ।

बिहान ३ बजेतिर घर माथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घरमा पुणर् रुपमा क्षति भएको र घरभित्रका खाद्यन्न लगायतका आधा समाग्रीहरु पहिरोमै पुरिएको उहाँले बताउनुभयो । अहिले स्थानियको सहयोगमा गाईबस्तु लगायत पहिरोबाट जोगिएका समाग्रीहरु अन्यन्त्र सारिएको छ । पहिरोबाट कुनै मानविय क्षति भने भएको छैन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै अन्य ७ घर परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानिय यज्ञराज जोशी, नन्दराज जोशी, तुलाराम जोशी, केशब जोशी, महादेव जोशी र जगन्नाथ जोशीको घर पहिरोको उच्च जोखिममा रहेका हुन् । यस्तै पहिरो बिस्थापित मदन जोशी सगंै अन्य स्थानियहरुको खेतबारीमा पहिराले ब्यापक क्षति पुगाएको छ ।

Dirghayu Ads

पहिरोका कारण मकै, धान लगायत अन्य सबै बाली तथा तरकारी नष्ट भएको छ । लगातारको झरीका कारण घर माथिको थाम भन्ने स्थानबाट जमिन भासिएर पहिरो खसेको स्थानियले बताएका छन् । अझै पनी झरी नरोकिएकाले पहिरो खस्न नरोकिएको उनीहरुले भनाई छ । घटना स्थलमा प्रहरी चौकी गोकुलेश्वरको टोली गईरहेको बताईएको छ । (रेडियो बैतडी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.