सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेर्नुहोस् दैनिक राशिफल ! आज आइतबार चम्किदैछ यी ७ राशिको भाग्य, तपाईको कुन ?

आज मिति २०७८ साल असार २७ गते आइतबार, तदअनुसार सन् २०२१ जुलाई ११ तारिख । आषाढ शुक्लपक्ष प्रतिपदा तिथि । विश्व जनसंख्या दिवस । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आजको राशिफलः

मेष
अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ ।

वृष
आज न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन
आज श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ ।

कर्कट
आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला। पारिवारिक सद्भाव पनि बढ्नेछ ।

सिंह
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

कन्या
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पु¥याउनेछ ।

Sana Kishan

तुला
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

वृश्चिक
घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु
आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर
आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कुम्भ
नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

मीन
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.