सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

७ घण्टाभन्दा कम सुत्नुहुन्छ भने मोटोपना, मुटुरोग र डिप्रेशनको बढी खतरा !!

निद्रा एउटा यस्तो चिज हो जसबारे हामी खासै ध्यान दिँदैनौं । हामीलाई निद्रा लाग्यो भने हामी सुत्छौं, निद्रा नलागेको खण्डमा घण्टौंसम्म मोबाइलमा झुण्डिएर पनि बस्ने गर्छौं । तर के तपाईंलाई हाम्रो निद्राको सम्बन्ध भोक र तौलसँग छ भन्ने थाहा छ ?

यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो सुत्ने बानी परिवर्तन गर्नुहोस् । क्लिनिकल स्लिप मेडिसिन जनरलका अनुसार ७ घण्टाभन्दा कम सुत्दा विभिन्न प्रकारको खतरा बढ्ने गर्छ जस्तै मोटोपना, मुटुरोग, डिप्रेशन इत्यादि ।

आउनुहोस्, निद्रा र तौल कम गर्नुको पछाडिका विज्ञान के हो, त्यसबारे जानकारी लिऔं । र हामीले हाम्रो निद्रालाई कसरी राम्रो बनाउने भन्ने बारे पनि जानकारी लिऔं ।

World Link Ads
Mahakali Polytechnic

निद्रा र तौल बढ्नुबीच सम्बन्ध छः

Dirghayu Ads

नेशनल इन्स्टिच्यूट अफ हेल्थको अनुसन्धान अनुसार निद्रा र तौलबीच प्रत्यक्ष सम्बन्ध छ । कम निद्राका कारण तौल बढ्ने र मोटोपनाको खतरा सबैभन्दा बढी छ । एक शोधका अनुसार ती स्वस्थ वयस्क जो ५ घण्टा मात्रै सुत्न सक्षम छन् भने उनीहरुको प्रति रात ८० ग्रामसम्म तौल बढ्ने गर्छ ।

अमेरिकी हेल्थ एजेन्सी सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार १८ देखि ६० वर्षका मानिसहरु हरेक दिन कम्तीमा ७ घण्टा निदाउनुपर्छ । ६१ देखि ६४ वर्षका मानिसहरु ७ देखि ९ घण्टा निदाउनुपर्छ । करिब ३५ प्रतिशत अमेरिकी वयस्क ७ घण्टाभन्दा कम समय निदाउँछन् ।

हर्मोनमा हुने असन्तुलनका कारण हामीलाई धेरै भोक लाग्छ र तौल बढ्ने गर्छः

निद्राको कमीले शरीरमा हर्मोनको असन्तुलन पैदा हुन्छ । यसका कारण धेरै भोक लाग्छ र तौल बढ्ने सम्भावना अत्यधिक हुन्छ । वास्तमा हाम्रो शरीरमा लेप्टिन र घ्रेलिन हर्मोन बढी हुन्छ जसले भोकलाई नियन्त्रण गर्छ । तर जब निद्रा पूरा हुन्छ तब यी हर्मोनको उत्पादनको स्तरमा परिवर्तन हुन्छ । शरीरमा लेप्टिन कम र घ्रेलिन बढी बन्न थाल्छ । लेप्टिनले भोकलाई दबाउँछ र घ्रेलिनले भोक बढाउँछ ।

कार्टिसोल हर्मोनले गुलियो र जंक फूड खान मनलाग्छः

भोक कम बढी लाग्नुको दोस्रो कारण कार्टिसोल हर्मोन हो । यसलाई स्ट्रेस हर्मोन पनि भनिन्छ । जब हाम्रो निद्रा पूरा हुँदैन तब शरीरले यसलाई स्ट्रेसको रुपमा हेर्छ र कार्टिसोल हर्मोन श्राव हुन्छ जसले भोक बढाउँछ । यतिबेला सबैभन्दा धेरै चिल्लो, गुलियो र जंक फूड खान मन लाग्छ । कार्टिसोल हर्मोन बढ्दा बोसो बढ्छ । विशेषगरी पेटमा ।

ग्रोथ हर्मोन कम श्राव हुन्छ जसले मोटोपना बढाउँछः

स्लिप फाउन्डेशनका अनुसार जब हामी निदाउँछौं त्यतिबेला शरीरमा ग्रोथ हर्मोन रिलिज हुन्छ, यसको प्रयोग शरीरले ड्यामेज रिपेयरका लागि गर्छ । यो हार्मेनले बोसो पगाल्ने काम गर्छ जसलाई लिपोलाइसिस भनिन्छ । निद्रा पूरा नहुँदा ग्रोथ हर्मोन कम श्राव हुन्छ । थुप्रै अनुसन्धानमा पत्ता लागे अनुसार राती ४ वा ५ घण्टा सुत्दा मोटोपना बढ्छ ।

Sana Kishan

मिठो निद्राका लागि अपनाउनुस् यी ८ टिप्सः

– सुत्ने रुटिन बनाउनुहोस्

– तनाव कम गर्नुहोस्

– ध्यान, योग र व्यायाम गर्नुहोस्

– अबेर राती मादक पदार्थ वा कफी नपिउनुहोस्

– अबेर राती धेरै खानेकुरा नखानुहोस्

– सुत्नु एक घण्टा अघि मोबाइल, ल्यापटप, टिभी बन्द गर्नुहोस्

– दिउँसो एकछिन भएपनि घाममा बस्नुहोस्

– सुत्नुअघि खुट्टा धोएर सुत्नुहोस्

५ घण्टाभन्दा कम निदाउने पुरुषहरुलाई मधुमेहको सबैभन्दा बढी खतराः

एक शोधका अनुसार आधा आधी निद्राले हाम्रो ग्लूकोज होमियोस्टेसिसमा खराब असर पार्छ । जसका कारण शरीरबाट इन्सुलिन सेन्सेटिभिटी तीब्र रुपमा कम हुन्छ र मधुमेहको खतरा बढ्छ । यस्तो बालबालिकामाथि पनि हुन्छ ।

स्विडेनका वैज्ञानिकले १० वर्षभन्दा बढीको समयसम्म २००० भन्दा बढी मानिसहरुमाथि अनुसन्धान गरेका छन् । यसमा पत्ता लागेअनुसार ५ घण्टाभन्दा कम निदाउने पुरुष महिलाको तुलनामा बढी मधुमेहबाट ग्रसित थिए । (रातोपाटी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.