सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धेरै दुब्लो भएर चिन्तित हुनुहुन्छ ? दूध र छोकडा खानुस्, अन्य ९ फाइदाहरु !!

छोकडामा फाइबर, भिटामिन बी६, आइरन र कार्बोहाइड्रेट जस्ता पोषक तत्वहरु पाइन्छन् । छोकडा शरीरका लािग कुनै पनि औषधिभन्दा कम छैन । दिनमा ५ वटा छोकडा खाँदा शरीरलाई निकै फाइदा पुग्छ । तर त्यो भन्दा बढी छोकडा खानु नोक्सानदायक पनि हुनसक्छ ।

छोकडा र दूध

एक गिलास दूधमा ३ वटा छोकडा हालेर पकाउने । पकाउँदा दूध उम्लिएपछि ५ मिनेटसम्म सानो ग्यासमा पकाउने र त्यसलाई मनतातो हुँदासम्म राख्ने र छोकडा र दूध पिउने ।

World Link Ads
Mahakali Polytechnic

यसका फाइदा :

ओछ्यानमा पिसाब गर्ने बालबालिकाका लागि
यदि बच्चाहरुमा ओछ्यानमा पिसाब गर्ने समस्या छ भने त्यस्ता बच्चाहरुलाई हरेक दिन छोकडा हालेको दूध दिनुपर्छ । तर १० वर्ष सम्मका बच्चाको दूधमा २ वा तीनवटा भन्दा बढी छोकडा हाल्नुहुँदेन ।

तौल बढाउन
दुब्लोपनका कारण पीडामा भएकाहरु महिलाले ३ र पुरुषले ४ वटा छोकडा हालेर दूध पिउने गर्नुपर्छ । यसले तौल बढ्नुका साथै शरीरलाई आवश्यक पर्ने प्रोटिन र पोषक तत्व प्रदान गर्छ । साथै, यसले रोगप्रतिरोधी क्षमताको पनि बिकास गर्छ ।

मधुमेहका रोगीलाई
मधुमेहका रोगीले १ देखि ३ वटा छोकडा खान सक्छन् । यसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । र मधुमेहका बिरामीले बिना चिनी दूधमा छोकडा हालेर पकाएर खान सक्छन् ।

Sana Kishan

मुटु स्वस्थ राख्न
हरेक दिन छोकडा हालेको दूध पिउँदा कोलेस्ट्रोल सन्तुलन रहने र रक्तनलीहरु बिग्रिने, क्यान्सर र मुटुसम्बन्धी समस्याहरुको खतरा पनि कम हुन्छ ।

शक्ति
छोकडा र दूधले शरीरमा ग्लुकोज, प्रोटिन, फ्रक्टोज, फाइबर, आइरन र म्याग्नेशियम जस्ता तत्वहरुको आपूर्ति गर्ने भएकाले शरीरलाई शक्ति प्राप्त हुने गर्छ ।

पाचन प्रक्रिया
जसको पाचन प्रक्रियामा गडबढी छ त्यस्ता व्यक्तिले छोकडा र दूध खाने गर्नुपर्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्यालाई कम गर्छ ।

चिसो
यसले चिसो लाग्नबाट पनि बचाउँछ । जसको लागि एक गिलास दूधमा २ वा ४ वटा छोकडा हाल्ने, मरिच, अलैँची हालेर उमाल्ने र पिउने गर्दा चिसोबाछ बच्न सकिन्छ ।

रगतको कमि
दूध र छोकडा खाने गर्दा शरीरमा आइरन भरपुर प्राप्त हुन्छ । जसले रगत सफा गर्ने, रक्तसञ्चार तन्दुरुस्त बनाउने र छालालाई चम्किलो बनाउने गर्छ ।

मस्तिक
दूध र छोकडामा भिटामिन बी६ हुने भएकाले यसले मस्तिष्कलाई स्वस्थ राख्ने र दिमाग तेजिलो बनाउने काम गर्छ । (रातोपाटी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.