सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै यही असार ३१ गतेसम्मका लागि थप गरिएको छ । ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

प्रजिअ रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कामयमै रहेकाले निषेधाज्ञा थप गरिएको हो । ”जिल्लामा कोरोनाको अवस्था विश्लेसन गरेर थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ, नागरिकको समस्यालाई मध्यनजर गर्दै केही खुकुलो बनाएका छौं,” उनले भने ।

यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने प्रशासनले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै खाद्यान्न पसललगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालनका लागि बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।

Dirghayu Ads

होटल रेस्टुरेन्टहरुले क्षमताको ५० प्रतिशतसहित डेलिभरी सेवामार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँने छन् ।

सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञासँगै कोरोना नियन्त्रण करीब शून्यमा झर्नै लागेको थियो । तर, पछिल्लो समय पुनः संक्रमिति बढ्न थालेका छन् ।

यस्तो छ तेस्रो लहर नियन्त्रण गर्ने पूर्व तयारी

Sana Kishan

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा अन्य जिल्लाको तुलनामा संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । आवश्यक पूर्वतयारी नभएकै कारण पहिलो र दोस्रो लहरमा संक्रमण दर हृवात्तै फैलिएको प्रशासनको ठहर छ ।

त्यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन र जनस्वास्थ्य सेवा कार्यालयलले तेस्रो लहरका लागि पूर्वतयारी कार्ययोजना समेत तयार गरेको प्रजिअ रिजालले बताए । ”कोरोनाको तेस्रो लहर आउने प्रष्ट देखिन्छ, तेस्रो लहर आए कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना तयार गरेका छौं,” उनलो भने ।

प्रजिअ रिजालका अनुसार जिल्लामा चिकित्सक, नर्स र पारामेडिक्सको ४÷४ जनाको टोली जतिसुकै बेला पनि तैनाथ हुनेछ । र, त्यसको व्यवस्था स्वास्थ्य सेवा निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने तोकिएको छ ।

त्यस्तै तेस्रो लहरबाट बालबालिकाहरु बढी प्रभावित हुने भनिएकोले प्रदेश अस्पतालमा बालबालिकाका लागि चार भेन्टिलेटर, १० एचडियु बेड र आवश्यक औषधि उपकरणहरु तयारी अवस्थामा राखिने छ । त्यसको व्यवस्था प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने भनिएको छ ।

अबको एक महिनाभित्रमा आवश्यक औषधिहरु खरिद गरिसक्नुपर्ने, एकैपटक कम्तीमा ३०० जनालाई पुग्ने गरी रेम्डिसिभिर औषधिको व्यवस्था गर्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्था गर्नुपर्ने, कम्तीमा ६०० अक्सिजन सिलिण्डर व्यवस्था गर्नुपर्ने र घर तथा टोलमै पिसिआर स्वाब लिने व्यवस्था मिलाइनुपर्ने कार्ययोजनामा समावेश गरिएको छ ।

कार्ययोजना अनुसारका कामहरु प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, उद्योग वाणिज्य संघ र रेडक्रस लगायतले गर्ने बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठित समितिले उक्त कार्ययोजना तयार गरेर प्रजिअ रिजाललाई हस्तान्तरण गरेको छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.