सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के घ्यूको सेवनले शरीरको तौल कम हुन्छ ?

तौल कम गर्ने योजनामा खानामा चिल्लो पदार्थ कम गर्ने गरिन्छ । सामान्यताः खानामा धेरै प्रयोग गरिने घ्यूले शरीरको तौल बढाउने विश्वास गरिन्छ । तर, घ्यूमा पाइने थुप्रै प्रकारका पोषण तत्वका कारण स्वास्थ्यमा थुप्रै फाइदा दिनुका साथै यसले शरीरमा थप तौल तौल बढाउनुको सट्टा कम गर्न मद्दत गर्छ ।

कसरी तौल कम हुन्छ ?
नेपाली खानामा धेरै प्रयोग हुने घ्यूमा ९९.९ प्रतिशत फ्याटको मात्रा पाइन्छ । घ्यू सेचुरेटेड फ्याटबाट तयार गरिन्छ । त्यसैले यसलाई जुन ठाउँमा राख्दा पनि बिग्रिने समस्या हुँदैन ।

सामान्यतयाः घ्यू भैँसी र गाईको दूधबाट बनाउने गरिन्छ । यसका साथै, बाख्रा, भेँडा, चौरी आदिको दूधबाट पनि घ्यू तयार पारिन्छ ।

World Link Ads
Mahakali Polytechnic

घ्यूमा हुने फ्याटी एसिड संरचनाको विषयमा गरिएको अनुसन्धानका अनुसार घ्यू डोकोस्याक्सिनोइक एसिडको राम्रो स्रोत मानिन्छ । डोकोस्याक्सिनोइक एसिड सबैभन्दा लोकप्रिय ओमेगा ३ फ्याटी एसिड पाइन्छ । ओमेगा ३ फ्याटी एसिड उचाई बढाउन आवश्यक डाइट मानिन्छ ।

Sana Kishan

डोकोस्याक्सिनाइक एसिडले क्यान्सर, हृदयघात, इन्सुलीन प्रतिरोध, हाडजोर्नीको दुखाई जस्ता समस्याबाट बचाउँछ । घ्यूले शरीरलाई विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ । आयुर्वेदका अनुसार घ्यूले आयु बढाउन पनि मद्दत गर्छ ।

यदि तौल घटाउने योजनामा हुनुहुन्छ भने दुई चम्चा घ्यूको सेवन गर्ने गर्नुस् । यसमा भएको अमिनो एसिडले फ्याट सेल्सको आकार सानो बनाउँछ ।

विशेषज्ञका अनुसार घ्यूमा हुने ओमेगा ३ फ्याट र ओमेगा ६ फ्याटले तौल घटाउन पनि मद्दत गर्छ । यसले अतिरिक्त तौल कम गर्छ । (ratopati.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.