सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान ‘ब्रेकफास्ट’ नगर्दा शरीरमा आउन सक्छन् यस्ता समस्याहरु !!

बिहानको नास्ता दिनभरका लागि सबैभन्दा महत्त्वपूर्ण भोजन हो । स्वस्थकर नास्ताले मानिसको शरीरलाई दिनभर उर्जावान र जाँगरिलो बनाउँछ । बिहानको नास्ताले मानिसमा तनावको स्तर पनि कम गराउँछ । बिहान नास्तामा पोषणयुक्त खानेकुराको सेवन गर्न आवश्यक छ । त्यसैले, दूध, नट्स, दालयुक्त खानेकुरा, फलफूल, अण्डा जस्ता प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । त्यसैले बिहानको नास्ता नगर्दा शरीरका अंगहरुमा विभिन्न प्रकारका समस्या आउन पनि सक्छन् ।

हृदयरोगको कारण
अध्ययनका अनुसार बिहान स्वस्थकर खानेकुरा नखाँदा हृदयसम्बन्धी रोगहरुको खतरा बढ्न सक्छ । बिहानको नास्ता नखानेहरुमा स्वास्थ्यसम्बन्धी समस्याहरु बढ्न सक्छ ।

टाइप–२ मधुमेहको उच्च जोखिम
हार्वर्ड युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थको एक अध्ययनअनुसार बिहानको नास्ता नगर्नेहरुमा टाइप–२ मधुमेह शरीरमा विकसित भएको थियो । जसले बिहानको नास्ता खान छोडेका थिए उनीहरुमा ५४ प्रतिशत धेरै उक्त मधुमेहको सम्भावना थियो । यो अध्ययनमा ४६, २८९ जना महिलाहरु सहभागि थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मोटोपनको कारण
अध्ययनका अनुसार बिहानको नास्ता गर्न छोड्दा तौल बढ्ने सम्भावना झनै अधिक हुन्छ । तौल कम गर्न सन्तुलित रुपमा बिहानको नास्ता गर्न आवश्यक छ ।

कपाल झर्ने
बिहानको नास्तामा प्रोटिनयुक्त खानेकुरा खाँदा कपाल समेत स्वस्थ रहन्छ । साथै, केराटिनको स्तर पनि बढ्छ । तर बिहान नास्ता नगर्दा केराटिनको स्तर प्रभावित हुने र कपालको वृद्धि रोकिने भएकाले बिहानको नास्ता खान छोड्नुहुँदैन । (ratopati.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.