सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान उठ्ने बित्तिकै यी १० गल्तीहरु गर्नुहुन्छ भने कहिल्यै हुनुहुने छैन स्वस्थ !!

अफिसको कामको प्रेसर होस् वा घरको टेन्सन, मर्निङ रुटीन सही छ भने तपाईं दिनभरीको चुनौतीसँग जुध्न पूर्ण रुपमा तयार हुनुहुनेछ । यद्यपि, केही मानिसहरु बिहान उठ्ने बित्तिकै गल्ती गर्न सुरु गरिहाल्छन् । यी गल्ती हेर्दा सामान्य लान सक्छ तर लामो समयपछि यसले ठूला हानी निम्त्याउँछ । यदि तपाईं पनि यी गल्ती दोहोराउन चाहनुहुन्नँ भने यी १० कुरामा ध्यान दिनुहोस् ।

निद्राको समयः

यदि तपाईं बिहान १५ मिनेट मात्रै बढी सुत्न पाउँदा तपाईंमा बढी ऊर्जा सञ्चारित हुन्छ भनेर सोच्नुहुन्छ भने यो पूर्ण रुपमा गलत हो । विज्ञका अनुसार सही समयमा सुत्ने र उठ्ने बानीले तपाईंलाई बढी सक्रिय राख्छ । यदि तपाईं स्वस्थ रहन चाहनुहुन्छ भने सही समयमा सुत्ने र उठ्ने बानी विकास गर्नुपर्छ ।

World Link Ads
Mahakali Polytechnic

अँध्यारो कोठाः

तपाईं बिहानको समय कुनै अँध्यारो कोठामा बस्न रुचाउनुहुन्छ भने यस्तो गर्नु ठूलो गल्ती हुनेछ । प्राकृतिक प्रकाशले तपाईंलाई मिठो निद्रा लाग्न जरुरी छ भने यसले शरीरलाई संक्रमणबाट लड्न पनि मद्दत गर्छ । साथै यसले शरीरलाई प्राकृतिक भिटामिन डीसमेत प्रदान गर्छ ।

सुत्नका लागि नियमित समय तालिकाः

धेरैजसो मानिसहरु अबेर राती सुत्ने गर्छन् । तर पर्याप्त निद्राका लागि सबैभन्दा राम्रो तरिका भनेको सुत्नका लागि समय तालिका निर्धारण गर्नु हो । यसको अर्थ यो हो कि तपाईं दैनिक निश्चित समयमा उठ्नुहोस्, चाहे तपाईं राती अबेर नै किन सुत्नुभएको छ भने पनि । यसो तपाईंले बिदाको दिन पनि गर्नुहोस् ।

कम रक्तचापः

निद्रा पूरा भएपछि तपाईं अचानक उठ्नुहुन्छ भने रक्त प्रवाह खुट्टातर्फ हुन थाल्छ । यस्तोमा तपाईंको रक्तचाप अचानक तल झर्न सक्छ । यसो हुँदा तपाईंलाई थोरै असहज पनि महसुस हुन्छ । त्यसैले निद्राबाट जागा भएपछि उभिनुको साटो केही समय बस्नुहोस् । आफ्नो शरीरलाई सक्रिय रहन केही समय दिनुहोस् ।

नियमित व्यायामः

नियमित व्यायामले हाम्रो सुत्ने तरिका, मुटुको स्वास्थ्य र दिमाग पनि दुरुस्त रहन्छ । यसले तपाईंको दिनभरीको खानपिनलाई पनि मेन्टेन गर्छ, तसर्थ तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । तपाईं दिनभरी ताजा महसुस गर्नुहुनेछ । जबकी व्यायाम नगर्दा मोटोपना, मधुमेह र हाइपरटेन्सनजस्ता रोगको सम्भावना बढ्ने गर्छ ।

Sana Kishan

कफीः

यदि तपाईं साधारणतया बिहानको समयमा कफी पिउन रुचाउनुहुन्छ र यसलाई तत्काल छोड्नुभएको छ भने यसले समस्या निम्त्याउन सक्छ । यसले तपाईंको एकाग्रता भंग गर्नुका साथै टाउको दुख्ने, वाकवाकी लाग्ने र फ्लूजस्ता समस्या बढ्नेछ । यदि तपाईं क्याफिनबाट टाढै बस्न चाहनुहुन्छ भने यसलाई बिस्तारै छोड्ने कोसिस गर्नुहोस् ।

कफी वा चियापछि ब्रसः

चिया वा कफीमा एसिड हुन्छ, त्यसैले कुनै पनि एसिडिक फूड वा ड्रिङ्क पछि ब्रस गर्नुहुँदैन । वास्तवमा एसिडले तपाईंको दाँतको बाहिरी पत्रलाई कमजोर गर्छ, त्यसैले लगत्तै ब्रस गर्दा समस्या झन् बढ्ने गर्छ । त्यसैले केही एसिडिक खानेकुरा खानु अघि वा ३० देखि ६० मिनेट पछि ब्रस गर्नुहोस् ।

स्मार्ट डिभाइसः

यदि तपाईं स्मार्ट डिभाइसमा लगातार ईमेल वा सोसल मिडियामा अपडेट्स हेर्नुहुन्छ भने यस्तो गर्नु स्ट्रेस–एन्जाइटीको खतरा बढ्न सक्छ । उदाहरणका लागि यदि तपाईं आफ्नो दिनमा सुरुवातमा नै मेल हेरेर गर्नुहुन्छ भने यसले तपाईंको कामको बोझ बढाउन सक्छ । त्यसैले डिजिटल मिडिया वा मेलबाट आफ्नो दिनको सुरुवात कहिल्यै नगर्नुहोस् ।

ध्यानः

यदि तपाईंको पूरा दिन कामको प्रेसर र व्यस्ततामा नै बित्छ भने बिहानको समय ध्यान गर्दा यसले तपाईंको दिमागलाई शान्त राख्ने गर्छ । यसका लागि तपाईं आफ्नो सासमा ध्यान केन्द्रीत गर्नुहोस् र दिमागमा आउने विचारलाई जान दिनुहोस् । यो अभ्यासले स्ट्रेस हर्मोन कार्टिसोलको स्तरलाई कम गर्न सक्छ । साथै एन्जाइटी, उच्च रक्तचाप, इन्सोमेनिया र माइग्रेनको दुखाईबाट पनि राहत दिन्छ ।

गुलिया खानेकुराः

मैदाबाट बनेका डोनट्स वा सुगर पेस्ट्रिमा निकै कम मात्रामा पौष्टिक तत्व पाइन्छ र यसलाई शरीरलाई तीब्र गतिमा सोस्ने काम गर्छ । यसले चिडचिडापन, थकान र भोक बढाउँछ । अण्डामा हुने प्रोटिन, ओटमिलमा पाइने फाइबर र पौष्टिक तत्व, फलफूल, सागसब्जीले लामो समयसम्म तपाईंको भोक शान्त राख्छ । यसले तपाईंको स्वास्थ्य पनि ठिक बनाउँछ । (ratopati.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.