सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खतरनाक हुनसक्छ मानसिक तनाव, यसरी कम गर्नुस् !!

जीवनमा मानिसहरुका थुप्रै मानसिक र शारीरिक समस्याहरु आइपर्छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भएको लकडाउन र भाइरसको महामारीले विश्वभर नै मानिसहरु तनाव झेलिरहेका छन् । तनावकै कारण आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दो छ । मानसिक तनावका कारण मानसिक रुपमा नै अस्वथ हुने भएको यसको समयमा नै तनाव कम गर्ने उपायहरु खोज्न आवश्यक छ । तनाव कम गर्नका लागि आफैले केही पहलहरु गर्न सकिन्छ ।
जस्तैः

किताब पढ्ने
पुस्तक कुनै पनि व्यक्तिका लागि असल साथी मानिन्छ । व्यस्तताका कारण पछिल्लो समय मानिसहरुले किताब पढ्न छोड्दै गएका छन् । किताब पढ्ने बानीले दिमागलाई शान्ती मिल्छ । अनावश्यक सोचाईहरुबाट समेत बचाउँछ । त्यसैले तनावबाट बच्न आफूलाई मन पर्ने बिद्याको पुस्तक पढ्ने गर्नुपर्छ ।

घरपालुवा जनावर
आफूलाई अत्यधिक तनाव हुन्छ । चिन्तामुक्त हुन सक्नुभएको भने बच्चा वा घरपालुवा जनावरसँग समय बिताउनुस् । जसले तपाईंलाई मानसिक सन्तुष्टि प्रदान गर्छ । घरमा खरायो, कुकुर, बिरालो जस्ता जनावर पाल्ने, पन्छीहरु पाल्ने गर्दा दिमाग ताजा रहन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

टीभि सो वा वेभ सीरिज
एक्लोपन र मानसिक तनाव कम गर्न विभिन्न प्रकारका टेलिभिजन शो तथा वेभ सीरिज हेर्ने गर्नुपर्छ । जसले तपाईंलाई मनोरञ्जनका साथै दिमागमा अनावश्यक कुराहरु खेल्न दिँदैन ।

खेल खेल्नुस्
मोबाइल, ल्यापटप र कम्प्युटरमा सजिल्यै खेल्न मिल्ने खेलहरु खेल्नुस् । एक्लोपनको अनुभव भएको खण्डमा यस्ता खेलहरुले दिमागमा अनावश्यक कुरा थपिन दिँदैन ।

आफन्तसँग कुराकानी
मानसिक तनाव कम गर्नका लागि सबैभन्दा उत्तम उपाय आफन्तसँग कुराकानी गर्नु नै हो । आफ्ना मनमा आएका विभिन्न उल्झनहरुलाई आफूले भरोसा गर्ने व्यक्तिलाई सुनाउँदा मन हल्का हुने गर्छ । (ratopati.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.