सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाँकेमा एक सातादेखि पानी नपर्दा  धान रोपाइँ रोकियो

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भए पनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो ।

नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाई गर्दा प्रतिघण्टा चार सयदेखि पाँच सय रुपैयाँसम्मको खर्च किसानहरुले बेहोर्नु परेको छ । बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरुले धान रोपाइँ गर्न शुरु गरेका थिए । बाँकेका किसानहरुले आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका छन् । तर असारको १५ देखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरुले धान रोपाइँ नै रोक्नुपरेको हो ।

Sana Kishan

हालसम्म बाँकेमा ६० प्रतिशत खेतमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । यस्तै बर्दियाका २० प्रतिशत खेतमा पानीका कारण धान रोपाइँ नहुँदा किसानहरु चिन्तामा परेका छन् । बाँकेमा सिक्टा नहर र बर्दियामा बबई नहर भए पनि खेत–खेतसम्म नपुगेकाले किसानहरु महँगो रकम तिरेर रोपाइँ गर्न बध्य भएका छन् । एकातिर धान रोपाइँ गर्न सकेका छैनन् भने अर्कोतिर रोपाइँ भइसकेको खेतमा पनि पानी नपाएर धान सुक्न थालेको जानकी गाउँपालिकाका किसान चेतराम सोनकारले बताए ।

World Link Ads
Mahakali Polytechnic

‘छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सक्किन लागेको छ,’ उनले भने । नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नभएका कारणले नहरमा पानी हुँदाहुदै पनि धान रोपाइँ गर्न नसकेको अर्का किसान सरस्वती कोरीको दुःखेसो छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.