सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साँझ पुनः बस्‍नेगरी एमाले कार्यदल बैठक स्थगित

काठमाडौं : सत्तारुढ नेकपा एमालेको कार्यदल बैठक साँझ सात बजेसम्मका लागि स्थगित भएको छ । सिंहरबारमा बिहीबार केही समयको छलफलपछि साँझ सात बजेसम्मका लागि बैठक स्थगित भएको हो।

बुधबार पनि कार्यदल बैठक बसेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच छलफल अघि कार्यदल बैठक बसेको थियो। बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ ।

नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच तिक्ततापूर्ण ५६ दिनपछि बुधबार भेटवार्ता भएको थियो । यसका लागि एकता कार्यदल र दोस्रो पुस्ताका कतिपय नेताले निकै ठूलो मेहनत गरेका थिए। यसले मेरियट होटलमा दुई नेतालाई भेटाएको हो।

World Link Ads
Mahakali Polytechnic

यसअघि पनि ओली र नेपालको बीच भेटवार्ताको प्रयास गरिएको थियो। तर, नेपालले अस्वीकार गर्दै आएका थिए। लगातार तीन दिनदेखि भएको कार्यदलको बैठकपछि दुई दिनेको भेटवार्ता सफल भएको छ।

Dirghayu Ads

भेटवार्तामा पार्टी एक बनाउन दुई नेताबीच वान टुन वान वार्ता भएको छ। गत वैशाख ३० गते बूढानीलकण्ठमा दुई नेताबीच करिब चार घण्टा संवाद भएको थियो।
भेटवार्तामा ठोस सहमति नभए पनि वार्ता सकारात्मक भएको दुवै पक्षका नेताले बताए। भेटवार्ता क्रम माधव पक्षका कार्यदल संयोजक भीम रावल र सुरेन्द्र पाण्डे तथा संस्थापन पक्षका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको सहभागिता थियो।

Sana Kishan

२०७७ फागुन २३ मा एमाले र माओवादी बिउँतिएपछि भएका चार पटक मात्रै ओली र नेपालको भेटवार्ता भएको छ। फागुन २८ मा संस्थापन पक्षले एकतर्फी बैठक बसाएर केन्द्रीय कमिटीलाई भंग गरी दसौं महाधिवेशन आयोजक समिति बनाएको थियो। अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल मात्रै राखी अन्य सबैको पदाधिकारी खारेज गरिएको थियो। यो महाधिवेशन आयोजक समिति असार १६ गते भंग भएको छ।

त्यसपछि चैत ५ र ७ गते बोलाएको केन्द्रीय कमिटीको बैठक अगाडि चैत २ मा ओली र नेपालको धुम्बाराहीस्थित तत्कालीन पार्टी मुख्यालयमा भेटवार्ता भएको थियो। तर, यो भेटवार्ता कुनै निश्कर्षमा नपुगेपछि माधव पक्षले चैत ४ र ५ गते आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेला गरी समानान्तर गतिविधि थालेको थियो।
२०७८ वैशाख ८ मा होटल मेरियटमा दुई नेताबीच भेटवार्ता भएको थियो। पार्टी अध्यक्ष ओलीले माधव नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको थियो। वैशाख ८ को वार्ताले कुनै उपलब्धि हासिल गरेको थिएन।

करिब डेढ महिनापछि गत असार २० मा अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच छलफल भएपछि कार्यदल बिउँतियो। त्यसपछि कार्यदल पार्टी एकतामा निरन्तर लागिरहेको छ।

एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । (annapurnapost.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.