सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले एकता अन्तिम चरणमा पुग्यो : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदल सदस्य रहेका बिष्टले केहीदिन भित्रै सहमति जुट्ने बताए ।

‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा पुगेको छ’, उनले भने । साँझ सात बजे बस्ने बैठकबाटै एकतालाई मूर्त सन्देश दिने विष्टले बताए ।

सोमबार देखि सक्रिय कार्यदलको लगातार बैठक बसिरहेको छ । कार्यदलको बैठककै बीच बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान अन वान’ सम्वाद भएको थियो । तर दुवैले अडान छोडेनन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

ओली र नेपालबीच सहमति जुट्न नसकेपनि कार्यदलका सदस्यहरु एकता जोगाउन सक्रिय छन् । ओली र नेपाल भेटवार्ता सकिए लगत्तै कार्यदलका सदस्यहरु सक्रिय छन् । उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बुधबार राति अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

Dirghayu Ads

त्यसपछि पुनः रावलले नेता नेपालसँग सम्वाद गरेका छन् । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.