सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताले दिए माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन

काठमाडौँ — एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरुले नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले बुधबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

‘माओवादी केन्द्रको तर्फबाट ४ जना संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिमाथि कारबाही गरियो । त्यो कारबाही अवैधानिक छ । पार्टी अवैधानिक छ । किनभने ०६९ साल माघ २० देखि २६ सम्म महाधिवेशन भयो । त्यसपछि माओवादी केन्द्रको महाधिवेशन भएको छैन,’ थापाले भने, ‘निर्वाचन आयोगमा ०७३ सालभित्र महाधिवेशन गरिन्छ भनेर जानकारी गराइयो तर महाधिवेशन भएन । निर्वाचन आयोगमा दर्ता नभएका पार्टीलाई कानुनले चिन्दैन । अवैधानिक पार्टीले कारबाही गरिराखेको छ भनेर दाबी पेस गर्न हामी आयोग आएका हौं ।’

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । यस्तै, तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेकपा (माओवादी केन्द्र)को हैसियत नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गुमिसकेको हुँदा दल दर्ता गरिपाउँ भनेर निवेदन आएको र त्यो दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘निवेदनमा पेस भएको व्यहोराको सन्दर्भमा सचिवालयमा अध्ययन भइसकेपछि त्यसबारे आयोगले केही निर्णय गर्छ,’ श्रेष्ठले भने ।

Dirghayu Ads

पूर्वमाओवादीका एक नेताका अनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गराउने तयारी छ । त्यही तयारीअन्तर्गत पूर्वमाओवादी नेताहरु आयोग गएका हुन् । (ekantipur.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.