सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगर माध्यामिक विद्यालयमा नमुना विद्यालयको काम शुरु, तीन तले भवन निर्माण हुने

संघीय सरकारबाट नमुना विद्यालयमा छनौट भएको कञ्चनपुरको भीमदत्त नगरपालिका १८मा रहेका महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण)मा नमुना विद्यालयको काम शुरु भएको छ ।

विद्यालयले चालु आर्थिक बर्ष २०७७÷०७८मा नमुना विद्यालय अन्र्तरगत तीन तले विद्यालय भवनको काम शुरु भएको हो । महेन्द्रनगर माविका प्रअ ललित सिह साउदले नमुना विद्यालय अन्र्तरगत पहिलो बर्ष तीन तले १२ कोठाको पक्की भवन निर्माण कार्य शुरु भएको बताए ।

World Link Ads
Mahakali Polytechnic

प्रअ साउदका अनुसार प्रसंसा समुह निर्माण कम्पनीले १८ महिना भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरि भवनको ठेक्का भएकोछ । ‘पहिलो बर्ष तीन तले पक्की भवन निर्माण गछौँ, ‘प्रअ साउदले भने, ‘क्रमिक रुपमा छात्राबास, चमेना गृह, प्रशासनिक भवन, तालिम केन्द्र, प्रयोगशाला लगाउनका भवन निर्माण गछौँ ।’

प्रअ साउले विद्यालयमा झण्डै १७ सय विद्यार्थी अध्ययनरत रहेको बताए । नर्सरीदेखि कक्षा १०सम्म अग्र्रेजी माध्यमबाट पढाई गर्दै आएको विद्यालयले प्राविधिक धार तर्फ आईएस्सी एजी, शिबिल ओभरसेरको पठन पाठन गरिरहेको छ । प्रअ साउदले स्थानीय भीमदत्त नगरपालिका सरकारबाट विद्यालयमा सहयोग पाईएको बताउदै विद्यार्थीको चापका आधारमा खेलकुद मैदान र साईकल स्टेन्टको माग राखे । नमुना भवनको बुधबार एक कार्यक्तमका विच भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले शिलान्यास गरेका छन ।

 

Sana Kishan

नमुना भवनको शिलान्यास कार्यक्तममा बिशिष्ठ अतिथि भीमदत्त नगरपालिका १८का वडाध्यक्ष राजेन्द्र पाण्डेयले विद्यालयको बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

नमुना भवनको शिलान्यास गर्दै मेयर सुरेन्द्र विष्टले महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण)लाई पालिका, जिल्ला प्रदेशकै नमुना विद्यालय बनाउन आग्रह गरेका छन । मेयर विष्टले शिक्षा नीति परिर्वतनमा जोडदिदै सामुदायिक विद्यालयको बृद्धि विकास हुने नीति आवश्यक रहेको औल्याए । मेयर विष्टले विद्यालयको बृद्धि विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिए ।

 

महेन्द्रनगर नमुना विद्यालय(साधारण)का अध्यक्ष बिरेन्द्र राज विष्टले नुमना विद्यालय छनौट संगै थप स्तरिय बनाईने बताए । अध्यक्ष विष्टले विद्यालय भवन सममै निर्माण सम्पन्न गराउनका लागि ताकेता गर्दै थप योजना अघि बढाईने बताए । उनले आफु विद्यालय व्यवस्थापन समितिको सदस्य हुँदा ५÷६लाख घाटामा रहेको विद्यालयमा शिक्षक कर्मचारी, अभिभावकसंग समन्वय गरेर शिक्षकको भत्ता काटेरै भएपनि सबै मिलेर विद्यालयको बृद्धि विकासमा जुटेको बताए ।

 

‘हाम्रो विद्यालयमा विद्यार्थीको चाप देखेर केही निजी विद्यालयका मालिक असन्तृष्ट रहेका छन, ‘उनले भने, ‘यहाँ नर्सरीदेखि कक्षा १०सम्म अग्रेजी माध्यमबाट पठन पाठन हुन्छ ।’ विद्यालयमा दरबन्दी थपको माग अघि सार्दै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक गुणस्तरमा पहल गरिने बताए । विद्यार्थीको अत्यधिक चाप बढ्दै गएपछि विद्यालयले भर्नाका लागि प्रवेस परीक्षा लिदै आएको छ । संघीय सरकारले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रबाट नमुना विद्यालय छनौट गरेको थियो । क्षेत्र नम्बर ३मा पर्ने महेन्द्रनगर मावि(साधारण)ले काम अघि बढाईरहेको छ । जनसरोकार पोस्टबाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.