सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको छ। बुधबार बिहान प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा बाढी र डुबानको खतरा रहेकाले सतर्कता अउनाउन महाशाखाले आग्रह गरेको छ।

Sana Kishan

बुधबार दिउँसो देशका अधिकांश भू–भागहरूमा मौसम बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थान अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

राति पनि देशका अधिकांश भू–भागमा मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भने भीषण वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। (thahakhabar.com बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.