सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान उठ्ने बित्तिकै पिउनुहोस् कागती पानी, त्वचामा रहेको दागधब्बा हट्दै जानेछ !!

गर्मीको मौसमसँगै कागतीको माग बढ्ने गर्छ । किनकी कागती पानी पिउने र पिलाउने चलन प्रायः घरमा हुन्छ । आज हामी कागती पानी पिउनुको विभिन्न फाइदाको बारेमा बताउँने छौँ । आयुर्वेदमा कागतीलाई विभिन्न समस्या समाधानको रामवाण नै मान्ने गरिन्छ । कागती पानी जुन सुकै समयमा पनि पिउन सकिन्छ । तर बिहान उठेर कागती पानी पिउन निकै लाभदायक मानिन्छ ।

बिहान उठेर कागती पानी पिउनुको फाईदाहरु :
बिहान उठेर कागती पानी पिउनुले शरीरको सफाई गर्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ ।

कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।

World Link Ads
Mahakali Polytechnic

कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।

Sana Kishan

कागती पानीले मुख गनाउने समस्यालाई पनि हटाउँदछ ।

कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।

बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।

– यदि तपाई शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ । (nayapusta.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.