सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उप–प्रमुखद्धारा विउ प्रशोधन केन्द्रको अनुगमन, निर्माण कार्य अन्तिम चरणमा

महेन्द्रनगर २२ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निर्माणाधिन विउ प्रशोधन तथा भण्डार केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भीमदत्तको अनुदान सहयोगमा ग्रीन जोन प्रालिले निर्माण गरि रहेको विउ प्रशोधन तथा भण्डार केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको होे । 

विभिन्न प्रजातिका विउ विजनको प्रशोधन तथा भण्डार गर्नका लागि केन्द्रको निर्माण भईरहेको छ । मंगलबार भीमदत्त नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंहले केन्द्रको स्थलगत अनुगमन गर्नु भएको छ ।

World Link Ads
Mahakali Polytechnic

उहाँले जिल्लामा पहिलो पटक निर्माण भईरहेको केन्द्रको निर्माण कार्यबारे जानकारी लिनु भएको छ । ‘अहिले जिल्लामा विउ प्रशोधन तथा भण्डार केन्द्र छैन्, यसले एकातिर कृषी विकासमा समस्या परेको छ भने अर्कोतिर ठुलो बजेट बाहिर खर्च भईरहेको छ ।’

Dirghayu Ads
Sana Kishan

उप प्रमुख सिंहले भन्नुभयो ‘नगरपालिकाले कृषीको आधुनिकरण र बजारकरणमा जोड दिएको छ, सोही अन्र्तगत विभिन्न क्षेत्रसँगको सहकार्य काम गरिरहेको छ ।’

साथै अनुगमनका क्रममा उप प्रमुख चन्दले समयमै निर्माण कार्य सक्न समेत निर्देशन दिनुभयो । विउ प्रशोधन तथा भण्डार केन्द्र सञ्चालनमा आएपछि कृषी क्षेत्रको विकासका लागि सहज हुने उहाँको अपेक्षा छ ।
त्यस्तै ग्रीन जोन प्राली प्रवन्ध निर्देशक लिलाराज जोशीले केन्द्रको निर्माण कार्य अन्तिम चरणमा रहेको बताउनु भयो ।

उहाँका अनुसार विउ प्रशोधन तथा भण्डार केन्द्रको निर्माणका लागि नगरपालिकाबाट १५ लाख अनुदान सहयोग प्राप्त भएको छ । प्रालीले दैलेखको टिमसँग ३२ लाखमा ठेक्का सम्झौता गरि निर्माण कार्य गरिरहेको छ । स्थानीय स्तरबाटै कृषी क्षेत्रको विकासका लागि काम गर्ने योजना रहेको उहाँको भनाई छ ।

त्यस्तै प्रा.लि. सञ्चालक समितिका सदस्य टेक बहादुर सिंहले करिब एक करोड बढीको लगानीमा जमिन खरिद गरि विउ प्रशोधन तथा भण्डार केन्द्र निर्माण गरिरहेको बताउनु भयो । उहाँका अनुसार प्रालीले चाँडै विउ प्रशोधन तथा भण्डार केन्द्रलाई सञ्चालनमा ल्याउने तयारी गरेको छ । भिमदत्त अन्लाईन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.