सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामुदायिक अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार

सिन्धुली : कतिपय सरकारी तथा नीजि अस्पतालले कोभिड संक्रमितको उपचारमा चर्को शुल्क असुल गर्ने गरेको गुनासो आइरहेका बेला यहाँको एक सामुदायिक अस्पतालले भने निशुल्क उपचार गर्दै आएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका ६ खाल्टेमा रहेको आत्मिय सामुदायिक अस्पतालले दोस्रो लरहको कोभिड १९ को संक्रमण सुरु भएदेखिकै संक्रमितको निशुल्क उपचार गर्दै आएको हो । अस्पतालका कार्यकारी निर्देशक संजिव केसीका अनुसार १५ बेडको अस्पतालमा ६ बेडमा आइसुलेसन तयार पारेर कोभिड १९ को संक्रमतिहरुको निशुल्क उपचार भईरहेको छ । ‘अस्पतालले कुनैपनि शुल्क नलिई कोभिड संक्रमितको उपचार गरिरहेको छ । दोस्रो चरणमा मात्र हामिले ७० बढीको उपचार गराएका छौं । उनीहरु मध्ये १४÷१५ जना सिरियस हुनुहुथ्यो उहाँहरुको समेत सफल उपचार गरिएको छ,’ उनले भने ।

‘अक्सिजन, आइसीयु, भेन्टीलेटर, काडियाक्ट मोनिटरसहितको ६ बेडको सुविधा सम्पन्न आइसोलेसन संचालन गरिएको छ । तर, अस्पतालले यी सेवाका बारेमा कतै प्रचार नगरेपनि उपचारका लागि आउने सर्वसाधरणको भीड थेगिसाध्ये छैन,’ उनले थपे ।

World Link Ads
Mahakali Polytechnic

जिल्लाको गोलन्जोर, सुनकोशी, रामेछापको खाँडादेवी, सुनपती, राकाथुम लगायतका गाउँपालिकाका नागरिकहरुले उक्त अस्पतालबाट सेवा लिइरहेका छन् । डाक्टर अतुल गौतम र सौगात पोखरेल दुईजना मेडिकल अधिकृत डाक्टर, नर्स तथा अन्य चिकित्सकीय टोलीले अस्पतालमा २४ घण्टा सेवा दिइरहेका छन् ।

Dirghayu Ads

अस्पतालमा अहिले पनि सुनकोसी गाउँपलिकाका उपाध्यक्ष दिर्वसिं मोक्तानसहितका ६ जना कोभिड संक्रमितको उपचार भइरहेको डाक्टर सौगात पोखरेलले बताए ।
‘कतिपय संक्रमितलाई १४ दिनसम्म आइसोलेसनमा राखेर उपचार गर्नु परेको छ उनीहरुलाई बस्न, उपचार खर्चदेखि खानेसमेत हामीले निशुल्क गरेका छौं,’ पोखरेलले भने ।

Sana Kishan

पीसीआर र एन्टिजेन्ट परीक्षण समेत अस्पतालबाट निशुल्क हुने गरेको छ । उक्त अस्पताललाई सित्ता यूएस र सुनकोशी गाउँपलिकाले सहयोग गर्दै आएको छ ।
अन्य बिरामीसँग समेत वेडको २ सय चार्ज लिँदै आएको अस्पतालले आगामी साउन बाट निशुल्क गर्ने जनाएको छ ।

सुन्दर शान्त वातावरणमा उपचार हुने भएकाले कोभिडका संक्रमितको आत्मबल समेत बढ्ने गरेको अस्पतालमा उपचार गराएको कोभिड संक्रमितका आफन्त तथा स्थानीय सरोज कार्कीले बताए ।

सामुदायिक अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा, प्रसूति सेवा, आँखा जाँच, अत्याधुनिक डिजिटल एक्स–रे, ल्याव, भिडियो एक्स–रे, फार्मेसी सेवा संचालनमा छन् ।यस्ता सेवाहरु पनि गरिब तथा विपन्न वर्गका लागि निःशुल्क गरिएको छ । अस्पतालबाट निशुल्क कोभिड एम्बुलेन्स सेवा औषधि पाइन्छ । अस्पतालमा आगामी दिनमा थप आइसीयु वेड, अप्रेसन थेटर, सर्जिकल वार्ड, वर्थिङ्ग सेन्टर विस्तार गर्नेगरी काम भइरहेको अस्पतालका अर्का डाक्टर अतुल गौतमको भनाइ छ ।
अस्पतालले कतिपय केशह अस्पतालमै विशेषज्ञ डाक्टर हायर गरेर समेत बिरामीको उपचार गर्दै आएको छ ।

अस्पतालबाट निशुल्क प्रसूति तथा परामर्श सेवा दिँदै आएको चिकित्सक सिता कार्कीको भनाइ छ । २०७४ साउन १ गतेबाट संचालनमा आएको उक्त अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी नागरिकको स्वास्थ्यउपचार सेवामा निरन्तर खटिनुले पनि अस्पतालप्रति बिरामी र आफन्तको कुनै गुनासो नआएको कर्मचारी गोविन्द सिंहले दावी गरे। (annapurnapost.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.