सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वाग्मती प्रदेशसभाको बैठक बस्दै

वाग्मती प्रदेशसभाको बैठक सोमबार बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

आइतबार अपराह्न तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै सोमबार दिउँसो सम्मका लागि सारिएको थियो ।

विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा आइतबार हेटौंडामा सर्वदलीय बैठक बसेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सभामुख सानु कुमार श्रेष्ठले आह्वान गरेको बैठकमा असार २१ गते दिउँसो १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

Dirghayu Ads

बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.