सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र ओलीको रिस शिथिल नभएसम्म एमाले एकता हुँदैन : वामदेव गौतम

काठमाडौं : नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शिथिल नभएसम्म पार्टी एकता नहुने बताएका छन्।

आइतबार राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले यस्तो बताएका हुन्। अहिले केपी ओली र माधवकुमार नेपाल एकअर्कासँग बेस्सरी रिसाएको भन्दै उनले यस्तो बताएका हुन्।
ओली र नेपालको यो रिस उनीहरु मातहतमा रहेका नेताको चिन्ताले घटाउन नसक्ने उनको भनाइ छ। ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुवै गुटका युवा नेतातर्फ लक्षित गर्दै गौतमले मातहतका नेताको चिन्ताले काम नगर्ने प्रष्ट पारे।

‘माधव कमरेड धेरै रिसाउनु भएको छ केपी ओलीसँग केपी ओली पनि माधव नेपालसँग बेस्सरी रिसाउनु भएको छ’, गौतमले भने, ‘दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको चिन्ताले पनि काम गर्दैन।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गौतमले अहिले आफू दुवै नेताको रिसलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए। ‘म दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो त्यतातिर लागिराखेको छु’, गौतमले थपे।

Dirghayu Ads

रिस शिथिल भएपछि एकता हुने विश्वास उनको छ। सँगै गौतमले एकता दुई नेताको रिसका कारण अहिले एकता सम्भव नभएको तर, सर्वोच्चको निर्णय आएपछि एकता सम्भव हुन्छ भन्ने आफूलाई लागेको प्रष्ट पारे।

‘अहिले एकता सम्भव नहोला’, गौतमले भने, ‘सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लाग्छ।’ (annapurnapost.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.