सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आदर्श पिताका केही गुणहरु !!

बच्चालाई पाल्नु, पढाउनु, हुर्काउनु आमाबुवाको दायित्व हो । तर, यत्तिमा मात्र उनीहरुको भूमिका सीमित हुन्न । भनिन्छ, बच्चाले आफ्ना आमाबुवालाई नै आदर्श बनाउने गर्छन् । जब उनीहरु साना हुन्छन्, त्यसबेला आमाबुवा नै सबैथोक हुन भन्ने लाग्छ । त्यसैले त आमाबुवाले जे गर्छन्, उनीहरुले त्यसको सिको गर्छन् । किनभने उनीहरुलाई लाग्छ, आमाबुवाले गरेका हरेक कुरा सही छन् ।

अतः बालबच्चलाई सही मार्गदर्शन दिलाउनका लागि आमाबुवाको रचनात्मक भूमिका आवश्यक हुन्छ । खासगरी बुवाले आफ्ना परिवार र बालबच्चका लागि आदर्श बन्न सक्नुपर्छ, जसलाई सन्तानले अनुकरण गर्न योग्य होस् ।

स्वस्थ रहनु अति आवश्यक

World Link Ads
Mahakali Polytechnic

मानौं तपाईं बच्चाका बुवा हुनुहुन्छ । तर, तपाईंको जीवनशैली अस्वस्थ्यकर छ भने बालबच्चालाई कसरी सम्झाउनुहुन्छ कि, स्वस्थ्य रहनुपर्छ । सरसफाई गर्नुपर्छ । तन्दुरुस्त हुनुपर्छ भनेर । यसका लागि त तपाईंको जीवनशैली नै स्वस्थ्यकर हुनुपर्छ ।

बिहान चाँडै उठ्ने, योग गर्ने, व्यायाम गर्ने । तपाईंले अपनाउने दिनचर्याबाट नै बच्चाले धेरै कुरा सिक्छन् ।

केही सीमा तय गरौं

आफ्ना केही कुरा स्वयम् आफुलाई पनि मन परेको हुँदैन र बच्चाहरुमा यस्ता केही बानी हुन्छ जुन तपाईलाई मन परेको हुँदैन । बच्चाको बानी मन परेन भन्दैमा बच्चाहरुलाई झपार्ने वा कुट्ने गर्नु हुँदैन । केही कुरा बच्चालाई पनि तपाईंको कुरा मन परेको हुँदैन ।

बच्चाको पालन पोषण गर्दा यस्ता कुराको बारेमा पनि ध्यान दिनु पर्ने हुन्छ र यसको कारण खोज गर्नु पर्छ । तर यसको लागि कहिले पनि बच्चाहरुलाई जवरजस्ती गर्नु हुँदैन । जवरजस्ती गर्नाले बच्चाहरु दवावमा आउन सकिन्छ ।

Sana Kishan

समय दिनु

चाहे तपाईंको व्यस्तता जतिसुकै होस् । तपाईंको उद्यम, व्यवसाय, पेशा जे सुकै होस्, आफ्ना बच्चका खातिर समय भने निकाल्नुपर्छ । दिनमा केही क्षण उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ । दिनमा सकिएन भने केही दिनको अन्तरमा, हप्तामा पनि तपाईंले बच्चासँग क्वालिटी टाइम बिताउनुपर्ने हुन्छ ।

त्यसैगरी बिदाको समयमा वा फुर्सदमा तपाईंले अरु कुरालाई भन्दा बालबच्चालाई बढी प्राथमिकता दिनुपर्छ ।

बच्चाको कुरा पनि सुन्नु

हरेक चोटि बच्चालाई आफ्नो मात्र कुरा सुनाउने नगर्नुस् । यसले बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ ।

प्रेमको भाषा सिकाउनुहोस्

माया, ममता र स्नेहले सबैको मन सजिलै जित्न सकिन्छ । बच्चाहरुको कोमल हृदयलाई जित्नको लागि जहिले पनि स्नेही भावले कुरा गर्नु पर्छ । यसले बच्चाहरु हमेशा खुशी हुन्छ र बच्चाहरुलाई यो आभाष पनि दिनुपर्छ कि तपाई उसलाई कति माया गर्नुहुन्छ भनेर । यसले बच्चा र पिता बिचको स्नेह पनि बढ्छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.