ओली र नेपालबीच टेलिफोन वार्ता

काठमाडौ – नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।

एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ । ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।

दुई नेताबीच टेलिफोनमा वार्ता भएपछि ओली समूहबाट नेता विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल तथा नेपाल समूहबाट घनश्याम भुषाल, भीम आचार्य र सुरेन्द्र पाण्डे छलफलमा जुटेका छन् । ललितपुरको एक होटलमा भएको छलफलमा कुनै निकास निष्कन नसकेको स्रोतको दाबी छ । (उपहार खबर बाट सभार)

Total
1
Shares
Related Posts

काँग्रेस भीमदत्त नगर सभापतिमा कलौनी निर्वाचित

नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्यूतराज कलौनी निर्वाचित भएका छन । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्दी आशिष खत्रीलाई १सय…
पुरा पढ्नुहोस

काँग्रेसको पुनर्वास नगर कार्यसमितिको सभापतीमा तामाङ्ग विजयी

नेपाली काँग्रेसको पुनर्वास नगर कार्य समितिका लागि आज भएको चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन । नगर…
पुरा पढ्नुहोस

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस
Total
1
Share