नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द, डोजरमार्फत पहिरो हटाउने काम हुँदै

(ujyaaloonline.com बाट सभार)

काठमाण्डौ – नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । गएराति १० बजे यो सडक खण्ड अन्तर्गतको चितवनको सेती दोभानमा ठूलो पहिरो खस्दा सडक बन्द भएको हो। उज्यालो भएसँगै डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरो खसिरहेकाले हटाउन समय लाग्ने छ । पानी परिरहेकाले सडकमाथिबाट लेदो माटोसहितको पहिरो खसिरहेको उहाँले बताउनुभयो । यस्तै, मुग्लिङ–नारायणगढ सडक खण्डका अन्य केही ठाउँमा पनि स–साना पहिरो गएको छ । ती ठाउँमा खसेको पहिरो भने हटाइएको प्रहरीले जनाएको छ । (ujyaaloonline.com बाट सभार)

Total
14
Shares
Related Posts

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर…
पुरा पढ्नुहोस

यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक, दसैँको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान…
पुरा पढ्नुहोस
Total
14
Share