लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम, पहिरो र डुबानको भने खतरा

ujyaaloonline.com बाट सभार

काठमाण्डौ – लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।

यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपरेको ठाउँमा पनि पहिरो जान सक्ने भन्दै विज्ञले सचेत रहन आग्रह गरेका छन् । यस्तै, तराईका जिल्लामा आज ठूलो पानी पर्ने सम्भावना रहेकाले डुबानको जोखिम पनि रहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनी न्यूनचापीय रेखा तराईको भूभाग नजिकै रहेको छ ।

यस वर्षको मनसुन सुरु भएपछि बाढी तथा पहिरोका कारण अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । ३१ जना हराइरहेका छन् । बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । यस्तै मनसुनजन्य विपदबाट झण्डै पाँच सय घरमा पूर्ण रुपमा क्षति पुगेको छ।

एक सय १२ घरमा आंशिक क्षति पुगेको छ भने झण्डै तीन दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्की पुल, निर्माणाधीन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ जाने, बाजुरा जाने र सिन्धुपाल्चोकको तातोपानी नाका जाने सडक लामो समयदेखि बन्द छन् । (ujyaaloonline.com बाट सभार)

Total
11
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
11
Share