हेर झुल्के घाम ….

हेर झुल्के घाम पनि घाम जस्तो रहेन है

मैले गर्ने काम पनि काम जस्तो रहेन है

शुन्यमाथि सगरपनि वगरसरी रुठे देखि

तिम्रो प्यारो ग्राम पनि ग्राम जस्तो रहेन है

चुली चुल्न उक्लिएको महङ्गीको चाल हेर्दा

मैले तिर्ने दाम पनि दाम जस्तो रहेन है

जन, मन भन्दा ठुलो धन भयो दुनियाँमा

तिमीले जप्ने राम पनि राम जस्तो रहेन

उही धर्ती उही आकाश सबैलाई बराबरी

गर्छु भन्ने बाम पनि बाम जस्तो रहेन है

मुखमा रामराम बगलीमा छुरा राख्न थालेदेखि

‘मीतबन्धु’ नाम पनि नाम जस्तो रहेन है

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Total
12
Shares
Related Posts

प्रगतिशील जनवादी साहित्यकार साेराडी

” राहतकाे नाममा पनि लुट देखियाे सच्चाइकाे पर्दाभित्र झुट देखियाे। एकै थालमा भात खानेहरूमा पनि दुनियाँसामु छर्लङ्गै फुट…
पुरा पढ्नुहोस
Total
12
Share