सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म हुने

काठमाडौँ – नेकपा (एमाले) को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ । केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।

विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर थापाको नेतृत्वमा समिति गठन भएको थापाले बताए ।

संगठनात्मक प्रतिवेदन लेख्नका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय भएको पनि उनले बताए ।

Dirghayu Ads

शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ । (ekantipur.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.