बैतडीको सिगास गाउँपालिकामा एकल महिलालाई बाख्रा वितरण

(सगुन खबर बाट सभार)

बैतडी – बैतडीको सिगास गाउँपालिकाले एकल महिलाहरुको जिविकोपार्जनका लागि बाख्रा वितरण गरेको छ । गाउँपालिकाभरी रहेका २० बर्ष भन्दा माथिका र ४० बर्षभन्दा मुनिका एकल महिलालाई बाख्रा वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् ।

प्रति व्यक्ति एक बाख्रा दरले बाख्रा वितरण गरिएको उनले बताइन् । गाउँपालिकाभरी रहेका ६५ जनालाई बाख्रा वितरण गर्ने कार्यक्रम रहेको छ । अन्य वडाका महिलाहरुलाई बाख्रा वितरण गरिसकिएको छ भने वडा नं ७ र ८ मा मात्रै बाँकी रहेको उनले बताइन् ।

बाख्रा पालन व्यवसायबाट एकल महिलाहरुलाई जिविकोपार्जनमा सहज होस भनेर बाख्रा वितरण गरिएको उपाध्यक्ष चन्दले जानकारी दिइन् ।

महिला लक्षित कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएका जनाइएको छ । गाउँपालिकाले बाख्रा वितरण गरेपछि जिविकोपार्जनमा सहज हुने एकल महिलाहरुले बताएका छन् । (सगुन खबर बाट सभार)

Total
12
Shares
Related Posts

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस
Total
12
Share