सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ध्यान : चित्त शन्त बनाउनेदेखि उर्जा जगाउनेसम्म

ध्यान एक विश्राम हो । ध्यान एकाग्रताका लागि होइन, वास्तवमा यो एकाग्रताबाट विमुख हुने प्रक्रिया हो । यो कुनै विचारमा केन्द्रिकृत हुने अभ्यास होइन, बरु, विचार रहित हुने प्रक्रिया हो ।

ध्यान एक यस्तो क्रिया हो, जसको सम्बन्ध शरीर, मस्तिष्क तथा आत्मासँग हुन्छ । अर्थात यी तीनको सामन्जस्यबाट यो क्रिया सम्पन्न हुन्छ । तीनै कुरामा ध्यानको प्रभाव पर्छ । ध्यान गर्नुअघि ख्याल गरौं कि, मनमा कुनै पनि प्रकारको कुविचार, अहितकारी, अस्वस्थ्य विचार मनमा नआउन् ।

हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छ । यसका कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौ कुरा खेल्ने गर्छ । यस्ता कुरा जुन हामी सोच्न पनि चाहँदैनौ । र, यही ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मल तर्फ दोह¥याउँछ ।

World Link Ads
Mahakali Polytechnic

ध्यान जति जति गहरिो हुँदै जान्छ, व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिदैन । मन तथा मस्तिष्कका मौन हुनु नै ध्यानको प्राथमिक स्वरुप हो ।

ध्यानको ५ फाइदा

शान्ति चित्त

  राम्रो एकाग्रता

उत्कृष्ट स्पष्टता

उत्कृष्ट संवाद

मस्तिष्क एवं शरीरको विश्राम

ध्यानबाट शारीरिक स्तरमा हुने लाभ

ध्यानको कारण शरीरको आन्तरिक क्रियामा विशेष परिवर्तन हुन्छ । र शरीरको प्रत्येक कोशिका प्राणतत्वले भरिन्छ । शरीरमा प्राणतत्व बढ्नाले प्रशन्नता, शान्ति र उत्साहको संचार हुन्छ ।

उच्च रक्तचाप कम हुन्छ । रक्तमा ल्याक्टेट कम हुन्छ । उद्ववेग, व्याकुलता कम हुन्छ ।

Sana Kishan

तनाव व्यवस्थापनको राम्रो माध्याम हो यो । तनावको कारण पैदा हुने कुनैपनि समस्या कम हुन्छ ।

भावदसा वा व्यवहार राम्रो बनाउने माध्याम हो ।

प्रतिरक्षा तन्त्रमा सुधार आउँछ ।

उर्जाको आन्तरिक स्रोतमा उन्नति हुनाले उर्जा स्तर वृद्धि हुन्छ ।

ध्यान गर्नुअघि के गर्ने ?

१. ध्यान गर्ने समयमा गाढा पहेंलो रंगको वस्त्र लगाउनु उपयुक्त हुन्छ ।

२. ध्यानका लागि शान्तिमय, स्वच्छ वातावरण चयन गरौं ।

३. घरमै ध्यान गर्ने हो भने पनि त्यहाँ कुनै प्रकारको वाधा हुनुहुदैन ।

४. ध्यानमग्न अवस्थामा कसैले बोलायो, मोवाइलको घण्टी बज्यो भने तुरुन्तै उठ्नु हुन्न । यसो गर्दा टाउको दुख्न सक्छ, चक्कर लाग्न सक्छ ।

५. प्रयास गरौ कि, ध्यान गरेको समय सकारात्मक विचार मात्र मनमा प्रवाह होस् ।

६. अधिक तनावमा ध्यान नगरौ । ध्यान गर्दा तनाव हट्छ । तर, अधिक तनावमा ध्यान गर्नु हुँदैन ।

७. एकदमै व्यस्ततामा पनि ध्यान नगरौ ।

८. ध्यान सम्पन्न गरिसकेपछि कम्तीमा पन्ध्र मिनेटसम्म स्फूर्तिका साथ कुनै काम नगरौ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.