सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्रियाशील सदस्यता छानबिनमाथि शेरबहादुर देउवाको चासो

शीर्ष नेतासहितको पदाधिकारी बैठकले क्रियाशील सदस्यबारे मापदण्ड बनाएको भोलिपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् ।

सभापति देउवाले शनिबार आफ्नै निवासमा राखेको छलफलमा देउवा निकट शीर्ष नेता, क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी सहभागी थिए ।

छलफलमा क्रियाशील सदस्यताबारे शुक्रबारको पदाधिकारी बैठकबाट निर्धारित मापदण्डको कार्यान्वयनका बारेमा छलफल भएको एक नेताले बताए । सभापति देउवाले महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने गरी काम गर्न छानविन समितिलाई निर्देशन दिएको ती नेताले बताए ।

World Link Ads
Mahakali Polytechnic

देउवाले तोकिएको समयमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता भएकाले आफ्नो समूहबाट समितिमा रहेका नेताहरुलाई सहमतिमै क्रियाशील सदस्यता विवाद टुंग्याउन निर्देशन दिएका थिए ।

Dirghayu Ads

देउवा समूहमा रहेका उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक र सहमहामन्त्री सुनील थापासहित राप्रपाबाट आएका नेता कार्यकर्तालाई दिने भनिएको क्रियाशील सदस्यको निर्धारित संख्या कार्यान्वयन गर्न पनि समितिलाई भनिएको छ ।

‘फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका नेता कार्यकर्तालाई निर्धारण गरिएको संख्या अनुसार प्रक्रिया पु¥याएर क्रियाशील सदस्यता दिनेबारे छलफल भएको हो,’ बैठकमा सहभागी एक नेताले भने ।

कांग्रेसले गच्छदारलाई २५ हजार र सहमहामन्त्री थापालाई १० हजार क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो । तर कतिपय जिल्लामा प्रक्रिया नपुगेको भन्दै अन्य पार्टीबाट आएका नेता कार्यकर्ताको क्रियाशील सदस्यतालाई लिएर विवाद देखिएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले पनि प्रक्रिया पूरा गरेर आएका सबै क्रियाशील सदस्यता स्वीकृत गर्न समितिलाई सुझाव दिएको थियो ।

बैठकमा छानविन समितिका संयोजक लेखकसहित चारै जनाले देशभरको क्रियाशील सदस्यताका बारेमा ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार संयोजक लेखकले पाँच सय वडामा सदस्यताबारे विवाद रहेकोमा तीन सय पचासमा जटिल प्रकृतिका विवाद रहेको जानकारी गराएका थिए ।

‘जटिल खालका विवाद भएका वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्न सकिने समिति सदस्यहरुको राय थियो,’ बैठकमा सहभागी एक नेताले अनलाइखबरसँग भने । कांग्रेसले असार २० गतेसम्म क्रियाशील सदस्यता टुंग्याउन समितिलाई निर्देशन दिएको थियो तर समितिले भने शुक्रबारसम्म जम्मा ३० वटा जिल्लाको सदस्यता टुंग्याएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा छानविन समिति सदस्यहरुले साउन पहिलो सातासम्म अन्तिम प्रतिवेदन दिन सक्ने बताएको छ । छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद लगायका नेताहरु सहभागी थिए ।

देउवाले १४ औं महाधिवेशनमा नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएका हुन् । उनले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरु एक चरण छलफल गरिसकेका छन् ।

Sana Kishan

कांग्रेसको स्थानीयदेखि केन्द्रीय नेतृत्व चयनका लागि प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यतातर्फ नेताहरुको चासो बढेको छ ।

देशभरबाट आठ लाख २० हजार क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा क्रियाशील सदस्यता छानविन समितिमा पाँच हजार भन्दा बढी उजुरी परेका छन् ।

छानविन समितिका एक सदस्य अनुसार शुक्रबारसम्म ३० वटा जिल्लाको क्रियाशील सदस्यता टुंग्याउने काम सकिएको छ । सदस्यता टुंगो लागेका जिल्लाको सदस्यता छपाईको काम पनि भइरहेको छ ।

क्रियाशील सदस्यता टुंगो लागेका जिल्लामा प्रदेश एकबाट ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, संखुवासभा, धनकुटा, उदयपुर, इलाम रहेका छन् । प्रदेश दुईका कुनै पनि जिल्लामा सदस्यता टुंगो लाग्न सकेको छैन । क्रियाशील सदस्यतालाई लिएर सबैभन्दा बढि विवाद प्रदेश २ मा छ ।

बागमती प्रदेशका रामेछाप, दोलखा, सिन्धुली र भक्तपुरको क्रियाशील सदस्यताको काम टुंगो लागिसकेको छ भने गण्डकी प्रदेशका गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, कास्की र तनहुँको विवाद पनि समाधान भएको छ ।

धेरै विवादित प्रदेशमध्येको एक लुम्बिनीमा पाल्पा जिल्लाको मात्रै क्रियाशील सदस्यताको काम टुंगिएको छ भने कर्णालीका जुम्ला, मुगु, हुम्ला, कालीकोट र जाजरकोट जिल्लाको सदस्यताको काम पनि सकिएको छानविन समितिका एक सदस्यले बताए । सुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी र दार्चुला जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको छ ।

समितिका अनुसार ७७ जिल्लामध्ये तीन जिल्लाबाट भने कुनै पनि उजुरी परेको छैन । विवादरहीत जिल्लामा मनाङ, मुस्ताङ र ताप्लेजुङ रहेको छानविन समितिले जनाएको छ ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । पटक पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसलाई अब तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

बढी विवादित जिल्लामा प्रदेश २ का आठवटै जिल्लासहित बर्दिया, सोलुखुम्बु, सिन्धुपाल्चोक, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, रसुवा, धादिङ, नुवाकोट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेलगायत रहेका छन् ।

कांग्रेस पदाधिकारी बैठकले छानविन समितिले सहमति गर्न नसकेका क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरुबाटै टुंग्याउने गरी मापदण्ड बनाएको थियो । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.