सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री ओलीको दाबी : अब सबैले कोरोनाको खोप लगाउन पाउँछन्, अभाव हुँदैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्।

नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं। अब सबैलाई क्रमैसँग खोप लगाउँछौँ।’

अब खोप निरन्तर रुपमा आउने भएकाले भ्याक्सिन लगाउने अभियान नै चल्ने उनले बताए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन। भ्याक्सिन लगाउन पनि हामीसँग क्षमता कम छ। आवश्यकता अनुसार सकेसम्म छोटो अवधिमा उपलब्ध गराउँछौँ।’

उनले अन्य देशको तुलनामा कोरोनाबाट नेपालमा कम क्षति भएको दाबी गरे। कोरोना भाइरसबाट बच्न स्वास्थ्य मापदण्डलाई कडाइको साथ पालना गर्नुपर्ने समेत उनले जोड दिए। (thahakhabar.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.