कानको समस्याले निम्त्याउँछ मानसिक रोग

कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ । निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।

उनले भनिन्, “धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् । ’हियरिङ लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ । (उपहार खबर बाट सभार)

Total
4
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

सेतो पुतलीसँग सचेत बनौँ, ४८ घण्टाभित्र उपचार नथाले आँखाको ज्योति गुम्ने खतरा

फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी…
पुरा पढ्नुहोस

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू–मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व…
पुरा पढ्नुहोस
Total
4
Share