कुन बारमा जन्मेको मानिसको स्वभाव कस्तो !!

मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल,महिना,गते,जन्म समय,तिथी,बार,योग,करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मवार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । यसर्थ जन्मवार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ ।

आइतवारः

१. आइतवार जन्मेका व्यक्ति सकारात्मक सोच तथा प्रशस्त कन्फिडेन्ट पावरका मालिक हुन्छन् । आफन्त तथा साथीभाईसँग राम्रो सम्बन्ध स्थापित गर्दछन् ।

२. यो वार जन्मिएका मानिस निकै संवेदनशील हुने भएका कारण गोप्यतामा निकै सजक हुन्छन् अर्थात् आफ्नो वा अरुको कुरा हतपत अरुलाई खुलाउँदैनन् ।

३. आईतवार सूर्यको वार भएको कारणले राजनीति,लेखन अथवा वकालतको क्षेत्रमा लागेका हुन्छन् र चिन्तन शक्ति निकै धेरै हुन्छ

४. आइतवार जन्मिएका मानिस सहयोग गर्न सधैँ तत्पर त हुन्छन् तर पनि उनीहरु चाडैँ रिसाउने तथा घमण्डी स्वभावका हुन्छन् ।

५. आइतवार जम्मिएका मानिस धनवान हुन्छन् ।

६. आइतवार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।

सोमवारः

१. सोमवार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ निकै चञ्चल स्वभावका हुन्छन् । उनीहरु मृदुभाषी हुन्छन् तर पनि उनीहरु मुढी स्वभावका हुन्छन् ।

२. योवार जन्मिएका मानिस संवेदनशील हुन्छन् तर, चाडैँ नर्भस पनि हुन्छन् ।

३. सोमवार चन्द्रमाको वार भएको र चन्द्रमा मनको कारक भएको कारणले जीवनका अस्थिरता वा उतारचडाव आईरहन्छ । यो वार जन्मिएका मानिस पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन् ।

४. सोमवार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

५. सोमवार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

६. यो वार जन्मिएका मानिस सौन्दर्यमा निकै ध्यान दिन्छन् । सुन्दरताले धेरै जसोलाई आकर्षित पनि गरेको हुन्छ ।

मंगलवारः

१. मंगलबार मंगल ग्रहको बार भएको कारणले यस दिन जन्मने व्यक्तिहरु निकै बहादुर, स्मार्ट, एक्टिभ,सहयोगी,घमण्डी र गम्भीर हुन्छन् ।

२. आँटी,शाहसी र पराक्रमी भएको कारणले फौजी क्षेत्रमा आफूलाई स्थापित गर्दछन् ।

३. मंगलवार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

४. उनीहरुलाई विलासिताको जीवन बाच्न मनपर्ने हुँदा यी व्यक्ति हरुसँग निकै धेरै लुगा,गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

५. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् ।

६. घरजग्गा,भौतिक सम्पत्ती तथा प्राकृतिक स्रोत साधनको उपयोग मार्फत आफूलाई अब्बल सावित गर्दछन् ।

बुधवारः

१. बुधवार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

२. बुधवार बुधग्रहको वार भएको र बुध विद्या र वुद्धिको कारक भएको कारणले वौद्धिक उपव्यवसायमा आफूलाई स्थापित गर्दछन् भने तार्किक पनि हुन्छन् । योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।

३. यो वार जन्मिएका मानिस सफा,स्वच्छ विचारधारा, विश्वासिला र सन्तुष्ट स्वभावका हुन्छन् ।

४. बुधवार जन्मिएका मानिस नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् जसको कारणले,विज्ञान,गणित तथा व्यवस्थापनमा रुची राख्दछन् ।

५. बुधवार जन्मिएका व्यक्ति अरुलाई धोका नदिने र आफूपनि धोका नपचाउने खालका हुन्छन् ।

६. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने स्वभाव,हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो वार जन्मिएको मानिसमा पाइन्छ ।

बिहीवारः

१. बिहीवार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।

२. बिहीवार बृहस्पतीको बार भएको कारणले यो वार जन्मिएका मानिसहरु आदर्श तथा नीतिवान हुन्छन् ।

३. बिहीवार जन्मिएका मानिसहरुमा नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण न्याय,राजनीति ताथ समाजसेवामा काम गर्दछन् ।

४. यो वार जन्मिएका मानिसहरु मिहेनति हुन्छन् जसको कारण शिक्षा क्षेत्र,बैंक तथा वित्तिय क्षेत्रमा तथा वौद्धिक पेशा व्यवसायमा आफूलाई शानदार तरिकाले स्थापित गराउँदछन् ।

५. बिहीवार जन्मिएका मानिसका धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।

६. बिहीवार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रवारः

१. शुक्रवार जन्मेका व्यक्तिको मन,दिमाग र शरीर निकै राम्रो हुने गर्दछ ।

२. शुक्रवार शुक्र ग्रहको वार भएको कारणले यिनीहरु रचनात्मक क्षेध जस्तै–लेखन,संगीत,फिल्मी क्षेत्र, मिडिया,खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

३. यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् ।

४. यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

५. शुक्रवार जन्मिएका मानिसको साथी धेरै भएपनि असल साथी कम हुने गर्दछन् ।

६. शुक्रवार जन्मिएकाहरुको सम्पत्ती अधिक हुने गरेपनि वचत कम हुन्छ । यिनीहरु खर्चालु स्वभावका हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध धेरै जनासँग हुन्छन् ।

शनिवारः

१. शनिवार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । मेधावी, वुद्धिमानी स्वभावका हुन्छन् ।

२. यो वार जन्मिएका मानिस हाइ प्रोफाइलका समान मन पराउने स्वभावका हुन्छन् । उनीहरुको संगत पनि हाइ प्रोफाइलका व्यक्तिसँग हुने गर्दछ ।

३. शनिवार जन्मिएका मानिसहरु काममा निपूर्ण हुन्छन् । यिनीहरको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिवार जन्मिएका मानिस सफल हुन्छन् ।

४. शनिवार जन्मिएका मानिसहरु खर्चालु हुन्छन् । यिनीहरु विलासी जिवन मनपराउने खालका हुन्छन् ।

५. शनिवार जन्मिएका व्यक्तिहरु गित संगितमा बढी रुचि राख्ने हुन्छन् ।

६. आफ्नो दैनिक काममा निपूर्ण हुने गरेरै होला शनिवार जन्मिएका मानिसहरु अलि जिद्धी स्वभावका हुन्छन् । आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्दछन् । (gnewsnepal.com बाट सभार)

Total
5
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
5
Share