सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू–मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका बदलिदिएको छ । राति अबेरसम्म काम गर्नु वा रात्रिकालीन काम गर्नु अब धेरैको बाध्यता बनेको छ ।

बढ्दो आवश्यकता र त्यसलाई धान्नका लागि गर्नुपर्ने कामको चापको कारण मान्छेको कार्यावधि लम्बिएको छ । यसले सोझो रुपमा निद्रामाथि प्रहार गरेको छ । धेरै व्यक्ति यस्ता छन्, जो पर्याप्त सुत्नै पाउँदैनन् । यसको असर भने उनीहरुको स्वास्थ्यमा देखिँदैछ ।

अनिद्रा वा पर्याप्त निद्राको अभावमा धेरैलाई दीर्घरोगको खतरा बढेको छ भने तनाव, बेचैनी जस्ता समस्या देखिन थालिएको छ ।रातभर काम गर्नुपर्ने बाध्यतामा रहेकाहरु मात्र होइन, रात्रिकालीन मनोरञ्जनमा लिप्त हुनेहरु, मोबाइल एवं ल्यापटपममा मग्न रहनेहरु पनि मस्त निदाउन पाइरहेका छैनन् । यसरी निद्रा बिथोलिएसँगै विभिन्न किसिमको मानसिक समस्या देखापर्न थालेको छ । स्लिप डिसअर्डरको ८० भन्दा बढी प्रकार हुन्छन् । साथै, यसको कारण हार्ट अट्याक, डिप्रेसन, हाइ ब्लडप्रेसर, स्मरणशक्तिमा ह्रास जस्ता समस्या देखिन्छन् ।

World Link Ads
Mahakali Polytechnic

यसकारण आउँदैन निद्रा

हामीमध्ये धेरैलाई थाहा छ कि भरपुर निद्रा लिनु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ । यो थाहा हुँदाहुँदै पनि हामी पर्याप्त निद्रा लिइरहेका छैनौं । कामको व्यस्तताले मात्र नभई फेसबुक जस्ता सामाजिक सञ्जालले पनि हाम्रो निद्रा बिथोलिदिएको छ ।

सुत्नुअघि कुनै आनन्दित गर्ने व्यायाम त हामी गर्दैनौं, त्यसमाथि आइसक्रिम, डेजर्ट् वा तातो कफी पिउने गर्छौं । यसले निद्रामा असर गर्छ । राम्रो त के हुन्छ भने हल्काफुल्का व्यायाम गरौं तर कडा व्यायाम पनि नगरौं जसले थकान महसुस गराउँछ ।

Sana Kishan

– सुत्नुअघि डरलाग्दो चलचित्र वा हिंस्रक सामग्री नहेरौं ।

– हिसाबकिताब वा व्यावहारिक कुरा मनमा नखेलाऔं ।

– दिनमा धेरै नसुतौं ।

– निद्राका लागि मदिरा सेवन नगरौं ।

– राम्रो निद्रा पाउनका लागि यदि तपाईं निद्राको चक्की लिनुहुन्छ भने त्यसलाई सुत्नुभन्दा एक घण्टाअघि सेवन गर्नुपर्छ ।

(अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.