भजनीकी उपमेयरलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

(अनलाइनखबर बाट सभार)

सर्वोच्च अदालतले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई काम कारबाही गर्न दिन आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बीसीलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा राजीनामा गरेको या अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको तथा उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी काम कारबाहीमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म आयोगको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका स्थानीय जनप्रतिनिधिहरुलाई कारबाही गरेको थियो । त्यसअनुसार आयोगले ११ असारमा उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । (अनलाइनखबर बाट सभार)

Total
1
Shares
Related Posts

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन…
पुरा पढ्नुहोस

सरकार देशलाई नै कालोसूचीमा पार्ने बाटोमा गइरहेको छ : सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ…
पुरा पढ्नुहोस

एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो : बाबुराम भट्टराई

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका…
पुरा पढ्नुहोस
Total
1
Share