सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा सार्वजनिक यातायातमा दोब्बर भाडा,यात्रु मार्कामा

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले निषेधाज्ञामा खुकुलो पारेसंगै असार १६ गतेदेखि जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । सार्वजनिक सवारी साधन सञ्चालनमा आएपछि केही सजिलो होला भनेर महसुस गरेका नागरिक दोब्बर भाडाको मारमा परेका छन् । आधा सीट क्षमतामा मात्रै यात्रु बोक्न पाउने प्रशासनले नियम लगाएको भन्दै यातायात व्यवसायीले दोब्बर भाडा असुल गरिरहेका हुन् ।

बैतडीमा सतबाँझदेखि सदरमुकाम गोठलापानी सम्मको एकजनाबाट दुई सय भाडा असुल भईरहेको यात्रुहरुको गुनासो छ ।

यस्तै जिल्लाका कच्ची सडकहरुमा भाडा झन् मनलाग्दी हिसाबले असुल गरिरहेका छन् । सुर्नयादेखि सतबाँझ सम्म पहिला तीन सय भाडा लिँदै आएकोमा अहिले एकजनाबाट ५ सयका हिसाबले यातायात व्यवसायीले भाडा असुल गरिरहेका स्थानीय प्रकाश बिष्टले बताए । उनले भने ‘पाँच सय भाडा दिए मात्रै जान्छौं । नत्र जाँदैनौं भन्छन् । के गर्नु जबरजस्ती बढी भाडा तिर्नुपर्ने बाध्यता रही आएको छ ।’

World Link Ads
Mahakali Polytechnic

यातायात व्यवसायीले दोब्बर भाडा असुल गर्दा स्थानीय नागरिक मार्कामा परेका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई जिपहरुमा आवतजावत गर्नु मुस्किल भएको स्थानीय हरिश चन्दले बताए । उनले भने ‘सुर्नयाको रौलेश्वरबाट सतबाँझको पाँच सय भाडा भनेपछि पैदल यात्रा गरेर सतबाँझ आयौं । यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गरिरहेका भएपनि कसैले चासो दिएको छैन् ।’

Sana Kishan

यातायात व्यवसायीले पहिला नै यति दिए मात्रै जान्छौं नत्र जाँदैनौ भन्ने गरेका कारण यात्रुहरु समस्यामा परेका छन् ।

यातायात व्यवसायीले बढी भाडा लिनु नियम विपरीत रहेको महाकाली यातायात बहुउद्देश्यीय प्रालिका सतबाँझ इन्चार्ज कर्णबहादुर पाण्डे (काजी)ले बताए । तर आधा सीट क्षमतामा साविककै भाडामा यात्रु बोक्न पनि असहज भईरहेको उनले बताए । उनले भने ‘हामी यो बिषयमा छलफल गरिरहेका छौं । बढी भाडा असुल भईरहेको सम्बन्धमा हामी पनि बुझ्छौं ।’

बैतडीमा नियमन गर्ने निकायले चासो नदिँदा यातायात व्यवसायीले बढी भाडा असुल गर्दै आएका छन् । दोब्बर भाडा असुल हुँदा समेत प्रशासन मुकदर्शक बनेको यात्रुहरुको आरोप छ ।

यो बिषयमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बढी भाडा लिएको पाइएमा कारवाही हुने बताए । उनले भने ‘बढी भाडा असुल गरेको पाइएमा हामी कारवाही गर्छौ ।’ (सगुन खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.