पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशको पहाडी भू–भागमा पहिरो र नदीनाला तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू–भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण अहिले देशभरको मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भीषण वर्षा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो पनि देशभर मौसम बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा हुने सम्भावना छ। (thahakhabar.com बाट सभार)

Total
5
Shares
Related Posts

आज देशका केही स्थानमा भारी वर्षा हुने

आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर…
पुरा पढ्नुहोस

आज देशभरका अधिकांश ठाउँमा पानी पर्ने

भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालका अधिकां स्थानमा सामान्यदेखि पूर्ण बदलीसहित वर्षा भइरहेको…
पुरा पढ्नुहोस
Total
5
Share