सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सपनामा यी देवी देवताहरु देखेमा कस्तो फल मिल्छ ?

सुतेको समयमा हरेक मानिसले सपना देख्नु एक सामान्य कुरा हो। हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ।

अधिकाम्स मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन। त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन।

ज्योतिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ।

World Link Ads
Mahakali Polytechnic

सपनामा यी देवी देवताहरु देखेमा कस्तो फल मिल्छ छ त ?

Dirghayu Ads

माता दुर्गाः सपनामा दुर्गा मातालाई देख्नु निकै शुभ मानिने गरिन्छ। यदी तपाईले दुर्गा मातालाई रातो बस्त्रमा मुस्कुराई रहेको देख्नुभयो भने सम्झनुहोस् तपाईको जीवनमा केही राम्रो हुनेवाला छ।

यदी कुनै व्यक्तिको विवाह भएको छैन् भने विवाह हुने गर्छ। सन्तान नभएका हरुलाई सन्तानको सुख, बेरोजगार भएकालाई रोजगार मिल्ने शास्त्रमा उल्लेख गरिएको छ।

हिन्दू शास्त्र अनुसार, पुज्य ९ देवीहरु मध्ये एक हुन् माता दुर्गा। सपनामा दुर्गा मातालाई देख्नुभयो भने आफू र आफ्नो परिवारका सदस्यहरुमा रहेको सम्पूर्ण रोगहरु नष्ट भएर जाने पनि विश्वास गरिन्छ।

Sana Kishan

भोलेनाथः भगवान शिवलाई भोलेनाथको रुपमा पनि पूजिने गरिन्छ र मान्यता अनुसार उनी सजिलैसँग प्रसन्न हुने देवता मानिन्छ।

यहि मान्यता अनुसार धेरै व्यक्तिहरुले सोमबारको दिन भागवान शिवको ब्रत बसी बिधिवत रुपमा पूजा आराधना गर्ने गर्दछन्।

यसरी धार्मिक रुपमा ठूलो महत्व बोक्ने शिवजीलाई सपनामा देख्नु भए भने विहान उठेर पूर्ण शरिर नुहाएर चोखो कपडा लगाई नजिकको शिव मन्दिरमा गएर विधिवत रुपमा पूजा गर्न आवश्यक हुन्छ।

यसो गर्दा तपाईका हरेक इच्छा चाहना पूरा हुने र जीवनमा ठूलो सफलता मिल्ने विश्वास छ।

श्रीकृष्णः हातमा मुरली ,शिरमा मयूरको प्वाख ,शितल बगैंचामुनी जीवजन्तुहरुको साथमा गोपिनीहरुको मायामा बाँसुरीको मिठो धूनको वातावरणमा विराजमान भगवान कृष्ण हिन्दू धर्मावलम्बीहरुमा निकै प्रिय र शक्तिशाली भगवानको रुपमा मानिने गरिन्छ।

यदि यी तपाईले यस्ता शक्तिशाली भगवान श्रीकृष्णलाई राती सपनामा देख्नु भयो भने प्रिय व्यक्तिसँग निकट भविष्यमा भेट हुने संकेत रहनेछ।

यसको अर्को अर्थ यस्तो छ कि तपाईले असल जीवन साथी पाउन सक्नुहुन्छ र प्रेमिका सँगको सम्बन्ध पनि गाढा बन्दै जानेछ। (nayapusta.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.