सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ज्वरो किन आउँछ ? यस्तो छ तथ्य

जब हामी अस्पताल पुग्छौं, चिकित्सकले सबैभन्दा पहिले हाम्रो शरीरको तापमान परीक्षण गर्छन् । खासमा हाम्रो शरीरको तापमानले पनि स्वास्थ्यसँग जोडिएका केही कुरा बताउँछ । त्यसैले चिकित्सकले सबैभन्दा पहिला तापमान जाँच गर्छन् । जबकी हाम्रो शरीरको तापमान उमेर र लिंगको आधारमा पनि घटबढ हुनेगर्छ ।

पुरुष र महिलाको तापमान अलग अलग हुन्छ । महिलाको तापमान पुरुषभन्दा ० दशमलव ४ डिग्री फरेनहााइटभन्दा बढी हुन्छट । तर, महिलाको हात पुरुषको हातभन्दा २ दशमलव ८ डिग्री फरेनहाइट बढी चिसो हुन्छ । अतः यो तापमान घटबढ भइरहन्छ । महिलाको तापमन मूख्यत ९७ दशमलव ८ डिग्री फरेनहाइट हुन्छ । जबकी पुरुषको शरीरको तापमान ९७ दशमलव ४ डिग्री फरेनहाइट हुन्छ ।

औसत सामान्य तापमान कति हुनुपर्छ ?

World Link Ads
Mahakali Polytechnic

औसत हाम्रो शरीरको सामान्य तापमान ९८ दशमलव ६ डिग्री फरेनहाइट मानिन्छ । यद्यपि यो ९७ डिग्री फरेनहाइटदेखि ९९ डिग्री फरेनहाइटसम्म घटबढ हुनसक्छ । जस्तो कि शरीरको तापमान मध्यन्हमा बिहानभन्दा बढी हुन्छ । त्यसैगरी युवा र बुद्धको तुलनामा सानो बच्चाको तापमान बढी हुन्छ ।

कति तापमानलाई ज्वरो मानिन्छ ?

Sana Kishan

जब कुनै कारणले हाम्रो शरीरको तापमान बढ्न पुग्छ, तब हामीलाई ज्वरो आएको भन्ने गर्छौं । १ सय दशमलव ४ डिग्री फरेनहाइट वा त्यो भन्दा बढीलाई ज्वरो मानिन्छ । यो एक वा दुई दिनसम्म रहन्छ । यसको मूख्य लक्षण कम्पन आउनु, पसिना आउनु, टाउको दुख्नु, मांसपेशी दुख्नु, भोक नलाग्नु आदि हुन्छ । यदि हाम्रो १ सय ३ डिग्री फरेनहाइटदेखि माथि ज्वरो आएको छ भने त्यो चिन्ताको विषय हुनसक्छ । बच्चाका लागि १०० वा १०२ डिग्री फरेनहाइट तापमान पनि खतरनाक मानिन्छ ।

ज्वरो रोगसँग लड्नमा सहयोग

धेरैजसो मान्छे ज्वरो आएपछि डराउँछन् । अर्थात धेरैजना ज्वरोसँग डराउँछन् । तर, ज्वरो आउनु भनेको शरीरभित्र कुनैपनि समस्या भएको जनाउ मात्र हो । सामान्यतः ज्वरो निको बनाउन कुनै औषधिको जरुरत हुँदैन । किनभने ज्वरोले हाम्रो शरीरभित्र रहेका केही किसिमको संक्रमणसँग लड्नमा हामीलाई सहयोग गर्छ । अतः यो आफैमा २ दिनपछि ठीक हुन्छ ।

कोरोनाका लागि तापमान

यदि हामीलाई कोरोना भाइरसको संक्रमण भएमा ज्वरो आउनु पहिलो लक्षण हो । यसैले कोरोनामा पनि हाम्रो ज्वरो जाँच्ने गरिन्छ । यदि हामीलाई भाइरसको संक्रमण भएमा शरीरको तापमान १०० डिग्री फरेनहाइटभन्दा माथि पुग्छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.