मर्नुछ एकदिन लडेरै मर्छु इतिहास लेखेर …

मर्नुछ एकदिन लडेरै मर्छु इतिहास लेखेर

सुनौलो बिहान सुन्दर साँझ लोकतन्त्र देखेर

वीरका सुइना साकार पार्छौ इमानदार भएर

हिम्मत साथ वीर शहीदका पदचाप टेकेर

अधिकार हाम्रो हरेर खाने त्यो वैरी दुष्टलाई

निस्तेज पारौ दुश्मनको शक्ति पहाड भै छेकेर

फलामे’ छाती खोलेर उठौं को ढल्न सक्छ र ?

सारा मान्छे मिली लखेटौँ दुष्ट भाँटा नै सेकेर

विजय हाम्रो हुनेछ पक्कै यो राष्ट्र जोगाउन

करोडौँ मुठ्ठी उचाली हिडौँ दुश्मनलाई घेरेर

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट  

Total
1
Shares
Related Posts

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर…
पुरा पढ्नुहोस

यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक, दसैँको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान…
पुरा पढ्नुहोस
Total
1
Share