बर्दघाट र आसपासमा बाढीको जोखिम, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

(ujyaaloonline.com बाट सभार)

काठमाण्डौ – नवलपरासी र आसपासका ठाउँमा ठूलो पानी परेको छ । बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविदले अनुमान गरेका छन् । आजदेखि शनिबारसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोसी, नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलामाई तथा प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । (ujyaaloonline.com बाट सभार)

Total
9
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
9
Share