सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के तपाइ नराम्रो सपनाबाट हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी चीजहरु !!

राती सुतेपछि हरेक मान्छेले सपना देख्छन् । सपना कहिले राम्रो हुन्छ त् कहिले डरलाग्दो र नराम्रो । कतिपय मान्छेहरु नराम्रो सपना अथवा ऐठन हुने समस्या बाट ग्रसित हुन्छन् ।

के तपाइँलाई राती सुत्दा नराम्रो सपना अथवा ऐठन हुने समस्याबाट ग्रसित हुनुहुन्छ ? कतिपयलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यदि तपाईलाई पनि यस्तै समस्या छ भने ग्रसित हुनुहुन्छ र यसबाट छुटकारा लिन चाहनुहुन्छ भने शास्त्र अनुसार तलको विधि अपनाउनुस् :

१. सुकमेल : यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५ र ६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नुपर्छ।

World Link Ads
Mahakali Polytechnic

२. पानीले भरेको तामाको भाडा : निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस।

Dirghayu Ads

३. चक्कु : वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस । यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन।

Sana Kishan

४. पहेलो चामल : पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ। पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्।

५.ओछ्यान सफा गर्नुहोस : सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस। फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ।

६. कपाल बाँधेर सुत्नुहोस : सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ। त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस।

७. जुत्ता–चप्पल : सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ।

८.ओढ्ने : ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन। जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन। (nayapusta.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.