पानी मैलो खहरेको नखाउ भन्दा को मान्छ र ?

पानी मैलो खहरेको नखाउ भन्दा को मान्छ र ?

प्रीत गाँस्न खोला तरी नजाउ भन्दा को मान्छ र ?

फूलको मुटु बल्झाएर पाइला प्रीतका मोडी

सिउँडीको काँडासित नलाउ भन्दा को मान्छ र ?

जान्छौ भने मलाई छाडी राम्रै मुखले बिदा गर्छु

प्यासी तनले दैलो दैलो नधाऊ भन्दा को मान्छ र ?

गाऊ गीत सक्छौ भने कोइली कै  भाखापारी

हुट्टिट्याउँको भाखा पारी नगाउ भन्दा को मान्छ र ?

भीरमा फुल पीरमा फूल सुनाखरी सयपत्री

बालुवाको घरको छानो नछाऊ भन्दा को मान्छ र ?

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Total
28
Shares
Related Posts

प्रगतिशील जनवादी साहित्यकार साेराडी

” राहतकाे नाममा पनि लुट देखियाे सच्चाइकाे पर्दाभित्र झुट देखियाे। एकै थालमा भात खानेहरूमा पनि दुनियाँसामु छर्लङ्गै फुट…
पुरा पढ्नुहोस
Total
28
Share