सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सम्पन्न

राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

चालु वर्षमा समयमै मनसुन भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ ।

प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ’ वरिष्ठ कृषि विकास अधिकृत जोशीले भने, ‘मंगलबारसम्म आइपुग्दा करीब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।’

जोशीले यसवर्ष समयमै मनसुन भएका कारण अघिल्ला वर्षको तुलनामा धेरै रोपाइँ सकिएको बताए । ‘गत वर्ष अहिले ३०–३२ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

यसवर्ष प्रशस्त मात्रामा प्राकृतिक मनसुन भएका कारण किसानले समयमै धान रोप्न पाएका छन्’ उनले भने, ‘किसानहरुमा जनचेतना वृद्धि हुनु र प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारले सिँचाइ सुविधा विस्तार गर्नाले पनि रोपाइँ समयमै भएको देखिन्छ ।’

Sana Kishan

सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये करीब ५३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको कृषि निर्देशनालयले जनाएको छ । बाँकी ४७ प्रतिशत क्षेत्रफलमा आकाशे पानिको भरमा रोपाइँ गरिदै आएको छ ।

कुन जिल्लामा कति रोपाइँ ?

प्रदेश कृषि निर्देशनालयकाअनुसार सबैभन्दा धेरै धान खेती हुने कैलालीमा मंगलबारसम्म ५५ प्रतिशत रोपाइँ सकिएको छ ।

कैलालीमा झण्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । कैलालीपछि बढी क्षेत्रफल रहेको कञ्चनपुरमा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०,बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५ र डोटीमा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न कृषि निर्देशनालयले जनाएको छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.