सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्तुलित भोजन कसरी तयार गर्ने ?

सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे्रट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठदेखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।

मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो ।

World Link Ads
Mahakali Polytechnic

सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।

Dirghayu Ads

फ्याटयुक्त तेललाई भने नियन्त्रित मात्रामा प्रयोग गरिनु पर्छ । शरीरलाई स्वस्थ राख्न वोसोको आवश्यकता थोरै मात्र हुन्छ । सरस्यूको तेल, सूर्यमुखी फूल, मकैको तेल फ्याट अन्तर्गत पर्दछ ।

Sana Kishan

दूध, दही, पनीर लगायतका दूग्धजन्य पदार्थ भने भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत मानिन्छ । यी सबै पोषकतत्प हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने भएकोले दूधमा वोसोको मात्रा धेरै हुन्छ । त्यसैले चिकित्सकहरु तर निकालिएको दूध सेवन गर्न सल्लाह दिने गर्दछन् ।

त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबीन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो श्रोत मानिन्छ । सोयाबीन र नट्समा विभिन्न किसिमको पोषकतत्व पाइन्छ । यसले विशेषगरी मांसपेशी तथा टिस्यूको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मुख्य भूमिका खेल्दछ ।

प्रत्येक दिन सबै किसिमका खाद्य पर्दाथको चयन गरेर त्यसमा पनि निश्चित प्रकारकै खाद्य पदार्थलाई खानामा समावेश गरेर शरीरलाई पोषण प्रदान गर्न सकिन्छ ।

हामीले जे खान्छौ, त्यो सबै खानेकुराले शरीरलाई पोषण नमिल्न सक्छ । शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट , खनीज पदार्थलाई समावेश गर्न जरुरी छ । साथमा शारीरीक गतिविधि आवश्यक छ । अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.