सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जुत्ता राख्ने ¥याक कुन दिशामा फर्काउनु हुँदैन ? यसो भन्छ, ज्योतिषशास्त्र !!

हाम्रो हिन्दू धर्ममा धेरै कुराहरू शुभ–अशुभ, सकुन–अपसकुनसंग जोडिएका छन। कतै जुत्ताचप्पल उल्टिएको वा पल्टिएको देखे त्यसलाई सुल्ट्याउने गरिन्छ, जसलाइ अशुभ मानिन्छ। तपाईं हामी पनि यस्तो देखेमा सुल्टो पार्दछौ।

तर किन सुल्टो पारिन्छ भन्ने हामीलाई थाहा नहुन पनि सक्छ तथापी पुस्तादेखि यहि कुरा सिको गर्दै आइरहेका हुन्छौ। जुत्ता चप्पल उल्टो भए यसले नराम्रो हुन्छ मात्र भनिन्छ। कतिले बाटो वा आँगनमा उल्टो जुत्ता भए साइत बिग्रन्छ भन्छन्। तर खास के हो त ?

ज्योतिष शास्त्रका अनुसार जीवनसँग सम्बन्धित हरेक वस्तुमा ग्रह जोडिएका हुन्छन् । जसमा हामीले पहिरिने जुत्ताचप्पल पनि आउँदछ । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

किनकी शनी मानिसको पैतालामा रहने गर्दछ । यसकारण पनि शनीको दशा लागेको ब्यक्तिले जुत्ताचप्पल दान गर्नुपर्ने मान्यता रहेको हो । त्यसैले जुत्ताचप्पल उल्टो भए शनीको दशा लाग्ने मान्यता भए अनुसार यसलाई सुल्टो पारिन्छ।

Dirghayu Ads

वास्तुशास्त्र अनुसार घरमा जुत्ताचप्पल राख्ने ¥याक उत्तरपूर्वी दिशामा फर्केको हुनुहुदैन । यस दिशामा ¥याक फर्केमा त्यहा सूर्यको प्रकाश पर्ने भएकाले जुत्ताको कारण सकारात्मक प्रभाव कम भएर जाने गर्दछ।

शास्त्रीय मान्यता अनुसार कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन। यसले भाग्यबाट बञ्चित गर्दछ। उपहारमा पाएका जुत्ता व्यक्तिको करियरका लागि हानिकारक मानिन्छ। (nayapusta.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.