सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपतिले पदको गरिमा समाप्त पार्नुभो : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् ।

विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको ल्होत्से हलमा वुद्धिजीविसंग गरेको अन्तर्क्रिरयामा बोल्दै उनले संविधानले दिएको जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले आफ्नो गरिमा समाप्त गरेको बताएका हुन् ।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै देउवाले बहुमत पु¥याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहो¥याए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार नै अदालतको फैसला आउनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले अदालतले स्वतन्त्र न्यायलयको छवि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरे । ‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ देउवाले भने ।

प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मूल्य मान्यता छोडेर प्रचण्डपथमा हिँडेको भन्दै विपक्षी गठवन्धनमा सहभागी दलका शीर्ष नेतामाथि तिखो टिप्पणी गरेका थिए । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.