सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नया गाउँपालिकामा बाघको आतंक !

बैतडीको सुर्नया गाउँपालिकामा बाघले आतंक मच्चाएको छ । बाघले सुर्नया ३ र ४मा दिन दहाडै बाख्रा खाएर आतंक मच्चाएको हो । केहिदिन यता देखि चराउन वन जंगल लगेका बाख्राहरु बाघले मार्न थालेको बताइएको छ ।

सुर्नयाका वन जंगलहरुमा बाघले आतंक मच्चाएको स्थानीय विष्णु दत्त भट्टले जानकारी दिनुभयो । सुर्नया ३ का वनहरु दारफोडेखान, रुनीघाट, जल्लेकमा चराउन लगेका बाख्रा बाघले मार्ने गरेको उहाँले बताउनुभयो ।

Sana Kishan

बाघले सुर्नया ३ का २ जना र वडा नं ४का एक जना गरि ३ जना बाख्रा पालक किसानका १÷१ बाख्रा खाएको बताइएको छ ।यहाँका जंगलहरूमा बिरलै देखिने बाघले अहिले वन चराउन लगेका बेला पशु चौपाया मार्न थालेपछि किसान चिन्तित बनेका छन् ।

World Link Ads
Mahakali Polytechnic

वन चराउन लगेका बाख्रा बाघले मार्न थालेपछि बाख्रापालक किसानहरु चिन्तित बनेका हु्न् । वन लगेका बाख्रा खान थालेको बाघ गाउँबस्ती प्रवेश गर्ने भन्दै स्थानीयहरु त्रसित बनेका छन् । (रेडियो बैतडी बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.