बैतडीमा असार १६ गतेदेखि निषेधाज्ञा थप खुकुलो पारिने, जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

बैतडीमा असार १६ गतेदेखि निषेधाज्ञा थप खुकुलो पार्ने तयारी भएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि असार १५ गते राती १२ बजे सकिदैछ । असार १६ गतेदेखि जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

उनले भने ‘डीसीसीएमसीको बैठकले निषेधाज्ञालाई थप खुकुलो पार्ने निर्णय गरेको अनुसार सार्वजनिक यातायात पनि जिल्लाभित्र सञ्चालन हुनेछ ।’यातायातका साधन सञ्चालन गर्दा चालक र सहचालकको अनिवार्य एन्टीजेन परीक्षण गरेर मात्रै सञ्चालन गर्ने दिने जिल्ला कोभीड १९ व्यवस्थापन समितिको बैठकले निर्णय गरिसकेको भारतीले बताए । उनले भने ‘सवारी साधनहरुले आफ्नो क्षमताको आधा सीटमा मात्रै यात्रु बोक्न पाइनेछ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । यस्तै व्यापारव्यावसाय पनि बिहान ७ बजे देखि साझ ६ बजे सम्म खुला गर्ने निर्णय भएको छ । व्यापारीहरुले पनि १५ औं दिनमा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । असार १६ गतेदेखि जिल्लामा सबै कार्यालयहरु पनि सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए । कोरोना संक्रमणदर घट्दै गएकाले कार्यालयका सेवाहरु सुचारु गर्ने तयारी भएको उनले बताए । कार्यालयहरुले सेवा सञ्चालन गर्दा स्थानीय तहका लागि बार छुट्याएको उनले बताए ।

गएको वैशाख २० गतेदेखि जिल्लामा जारी रहेको निषेधाज्ञा असार १६ गतेदेखि थप खुकुलो पार्ने निर्णय भएको हो । कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिएपछि शुरु भएको निषेधाज्ञा संक्रमणदर घट्दै गएपछि खुकुलो पार्ने तयारी भएको हो ।

निषेधाज्ञा खुकुलो पारेपनि स्वास्थ्य मापदण्डमा भने कडाई गरिने सूचना अधिकारी भारतीले बताए । (radio7star बाट सभार)

Total
7
Shares
Related Posts

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस
Total
7
Share