यूनाईटेड मिसन टु नेपालले दियो बझाङमा १६ लाखको मेडिकल सामग्री

यूनाईटेड मिसन टु नेपालले बझाङ जिल्लाका बिभिन्न स्थानिय तह, जिल्ला अस्पताल बझाङ लगायत जिल्लाका सुरक्षा निकायहरुलाई मेडिकल सामग्रीहरु बितरण गरेको छ ।

कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर न्युनिकरण तथा तेस्रो लहरले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुंगल नगरपालिका, थलारा गाउँपालिका, मस्टा गाउँपालिका, केदारस्यु गाउँपालिका र बित्थड चिर गाउँपालिकालाई मेडिकल समग्रीहरु वितरण गरिएको हो ।यस्तै जिल्ला अस्पताल बझाङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी र नेपाली सेना समेत मेडिकल समाग्री वितरण गरिएको यूनाईटेड मिसन टु नेपाल वझाङ्गका टिम लिडर ज्योति चपागाईले बताउनु भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको रोहवरमा अक्सिजन कन्सन्ट्रेटर १० लिटर र ५ लिटरका ४÷४ वटा, पीपीई सेट ५० वटा, एम्बु व्याग २५ वटा, पल्स अक्सिमिटर १०० वटा र नन रिव्रेथर मास्क १०० वटा वितरण गरिएको उहाँले बताउनुभयो । यस्तै नजल ट्रङ्क १०० वटा, फोल्डिङ्ग डसना ७ वटा, र घरमै आइसोलेसन वस्दा आवस्यक पर्ने सामग्री सहितको सेट २९ वटा सामग्रीहरु वितरण गरिएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको समन्वय, कोरडिएडको आर्थिक सहयोग, यूएमएन वझाङ्ग क्लष्टरको व्यवस्थापन र यूएमएनका साझेदार संस्थाहरुले एक कार्यक्रमका बिच १६ लाख भन्दा बढीका मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको यूनाईटेड मिसन टु नेपालले जनाएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि तथा वालवालिकाको क्षेत्रमा विगत ११ बर्ष देखी बझाङ्ग जिल्लामा काम गर्दै आइरहेको यूएमएनले यस भन्दा पहिला पनि २५ लाख भन्दा बढीका स्वास्थ्य सामग्रीहरु वितरण गरेको जनाएको छ । यस्तै नेपाल सरकारले कोरोना न्यूनीकरणका लागि लक्षित बर्गहरुलाई खोप लगाउदै आएकोमा अगामि दिनहरुमा खोप केन्द्रमा खटिने कर्मचारीहरुको क्षमता विकास गर्ने र खोप केन्द्र व्यवस्थापनमा सहयोग पु¥याउने जनाएको छ । (रेडियो बैतडी बाट सभार)

Total
5
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
5
Share