सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘वेदुराम भुसाल स्वतन्त्र हुन सक्छन् तर सांसद रहिरहन सक्दैनन्’

राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने बताएका छन् ।

भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएको सन्दर्भमा भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् ।

भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको भन्दै भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भइरहन सम्भव हुँदैन । किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ । त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन ।’

मुख्य सचेतक भट्टराई थप लेख्छन्, ‘सूर्य चिह्न र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।’ (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.